बर्दिया,फागुन २८ (फरकसमाचार)/ ठाकुरबाबा नगरपालिकाले स्थापना दिवस भब्य रुपमा मनाएको छ । आठौं स्थापना दिवसको अवसरमा ठाकुरबाबा नगरपालिकाले भुरीगाउँ बजार स्थित भब्य कार्यक्रम गरि मंगलबार स्थापना दिवस मनाएको हो । उक्त कार्यक्रममा बिभिन्न झाँकीसहितको प्रस्तुतिको झलक देखाइएको थियो ।
कार्यक्रममा बिभिन्न जातजाति भेषभुषा पहिचान झल्किने सहितका स्वदेशी उत्पादनका प्रोत्साहनका लागि सामाग्रीको स्टलमा सजाएर राखिएको दृश्य अवलोकन गर्न दर्शकको घुँईचो लागेको थियो । दिवसको अवसरमा बिभिन्न साँस्कृतिक पहिचान झल्किने नृत्य प्रस्तुतिको दर्शकदिर्घालाई आकर्षक रंग दिएको थियो । कार्यक्रममा जनप्रतिनिधि तर्फबाट वडा नं १ का वडा अध्यक्ष निमराज खनाललाई समग्र नगरकका बिषयमा धारणा राखेका थिए ।
सामाजिक संघसंस्था लगायतलाई धारणा राख्न आयोजकले समय दिएको छ । स्थापना दिवसमा स्वागत मन्तव्य उप–प्रमुख बिना भट्टराईले आफ्नो धारणा सहित मन्तव्यमा दिर्शकदिर्घाले जिज्ञासुले सात सुनेका थिए ।
ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तिलकराम लम्सालले जिम्मेवारीमा रहेपनि नितिगत समस्या रहेको खुलाएका थिए । उनले मन्तव्य दिने क्रममा समग्रमा नगरको विकासको धेरै काम भएपनि केहि विकासका बिषय ऐनमा समस्या रहेको नगर प्रमुख लम्सालले बताए ।
स्थापना दिवसको अवसरमा विभिन्न क्षेत्रबाट योगदान पु¥याउने उत्कृष्ठ कर्मचारी, व्यवसायी उद्यमी, निर्माण व्यवसायीलगायतलाई ठाकुरबाबा नगरपालिकाले सम्मानित गरेको छ ।