रेडक्रसको सभापतिमा कोइराला निर्विरोध निर्वाचित
बुधबार, फागुन २८, २०८१ मा प्रकाशित

बर्दिया,फागुन २८(फरकसमाचार)/ नेपाल रेडक्रस सोसाइटी जिल्ला कार्यसमितिको सभापतिमा नरेन्द्र कुमार शर्मा कोइराला निर्विरोध निर्वाचित भएका छन् । सभापति कोइरालासहित १७ जनाको जिल्ला कार्यसमिति मंगलबार निर्विरोध निर्वाचित भएको हो ।

महिला उपसभापतिमा सुनिता खड्का, खुल्ला उपसभापतिमा गोविन्द प्रसाद शर्मा र मन्त्रीमा अर्जुन सुवेदी निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकारीको कार्यालय बढैयातालले मंगलबार घोषणा गरेको छ ।

कोषाध्यक्षमा भेजेन्द्र बहादुर थापा, उपमन्त्रीमा अम्बर बहादुर केसी, उपकोषाध्यक्षमा अशोक प्रसाद सिग्देल निर्वाचित चयन भएका छन् । त्यसैगरि तीन महिला सदस्य र सात पुरुष सदस्य निर्विरोध चयन भएको जनाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय