बर्दिया,फागुन २८ (फरकसमाचार)/ पोखरा थण्डर्स क्लबले बढैयाताल स्थित पशुपती शिवालय सुदामा वृद्ध सत्संग समूहलाई खाद्यान्न सामाग्रीसहित लत्ता कपडा सहयोग गरेको छ । बढैयाताल गाउँपाललिका –८ स्थित सुदामा सत्संगलाई उक्त क्लबले मंगलबार खाद्यान्न सामाग्रीसहित लत्ता कपडा सहयोग गरेको हो ।
नेपालका बिभिन्न स्थानमा सहयोग गर्दै आएको क्लबले बिदेशमा रहेपनि अंकित थापाले उक्त सहयोग पठाएका हुन् । सुदामा सत्संगमा नियमित ३५ देखि ४० जना बृद्धबृद्धा सधैं जसो बस्ने गरेका छन् । एकादशि लगायतका चाडपर्वको अवसरमा भजन कृतनका लागि उक्त सत्संगमा आउनेको बृद्धबृद्धा २ सय ६५ सम्म पुग्ने रेर्कडमा देखिन्छ । उक्त कार्यक्रमका लागि निर्माण व्यबसायी संघका महासचिव जगदिश अधिकारी थण्डर्स क्लबसँग समन्वय गरेका थिए ।
सत्संग खाद्यान्न र लत्ता कपडा हस्तान्तरण कार्यक्रममा निर्माण व्यबसायी संघका बरिष्ठ उपाध्यक्ष बिमल केसी, संघका पदाधिकारी प्रकाश श्रेष्ठ, कृष्ण पोखरेल, सन्तोष श्रेष्ठ लगायतको सहयोग रहेको छ ।
यूवाको सक्रियताले हरेक क्षेत्रमा टेवा पुगिरहेको पत्रकार महासंघका अध्यक्ष निर्मल घिमिरेले बताए ।
‘जल्दा बल्दा निर्माण व्यबसायीमा नेतृत्वमा गरिरहेका कामले दुखीको घाउँमा मल्हम लागेको छ,’उनले भने,‘यस्ता समाजसेवीमा यूवाको सहयोगले धेरैको कल्याण भएको छ ।’ पोखराबाट आएर आफ्नै उपस्थितमा सत्संगलाई सहयोग दिँदा बृद्धको अनुहारमा खुसी छाएको पोखरा थण्डर्स क्लबका प्रशिक्षक जनक केसीले बताए ।
नेपालका अधिकांश ठाउँमा थण्डर्स क्लबले सहयोग गर्दै आएकाले आफ्नो समन्वयमा सहयोग उपलब्ध गराउँदा आन्मसन्तुष्टि मिलेको निर्माण व्यबसायी संघका महासचिव जगदिश अधिकारीको भनाई छ । महासचिव अधिकारीका अनुसार क्लवले रु एक लाख ७० हजार बराबरको खाद्यान्नसहित लत्ता कपडा सत्संगलाई हस्तान्तरण गरेको छ ।