बर्दिया,फागुन २९(फरकसमाचार)/ एक जुट भएर अघि बढे राजा ल्याउने अभियान सफल हुने राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा. धवल शम्शेर राणाले बताएका छन् । राजसंस्था र हिन्दुराज्य पुर्नस्थापना गर्न माग राखी बुधबार गुलरियामा निकालीएको बृहत मोटरसाइकल ¥यालीलाई सम्बोधन गर्दै राणाले यस्तो बताएका हुन् ।
भ्रष्ट नेताहरुको पार्टीले नेपालमा जरो गाडेको राणाले बताए । ‘यो जरा उखाल्न त्यति सजिलो छैन,’राणाले भने,‘हामी राजावादी, हिन्दुवादी, संघियता विरोधी भ्रष्टाचार विरोधी र सबै राष्ट्रवादी एक ठाउँमा नउभिए हाम्रो अभियान सफल हुन सक्दैन ।’ जसकारण राजा ल्याउने अभियानमा एक जुट भएर अघि बढ्नु पर्ने राणाले भनाई राखे ।
भ्रष्ट नेताहरु र कहाली लाग्दो अवस्थालाई बदल्नको लागि व्यवस्था बदल्नुपर्ने सुनाए । ‘राजसंस्था भनेर हामीलाई आरोप लगाईन्छ,’ राणाले भने,‘विश्वको ११ वटा समृद्धि देशहरुमा राजसंस्था छ ।’ चाहे रोटेशनमा राजा चलेहोस्, चाहे सक्रिय राजा होस्, सबैधानिक राजाहोस् कुनै न कुनै प्रकारको ११ वटा देशमा राजा चलिरहेको छ । हाम्रो ऐतिहासका अनुसार दुई हजार वर्षबाट नेपालमा कुनै न कुनै प्रकारको राजसंस्था चलि आएको सुनाए ।
हाम्रो देशमा सबै जातजाती धर्मलम्बीहरुको बासोबास छ । यो देश सबैको साँझा संस्था राजा हो । राजा सबै संम्प्रदायको लागि बराबर छ । राष्ट्रपति पार्टीको बने र तिनको काम पनि देखिएको राणाले सुनाए । राष्ट्रपतिले गरेको काममा जनताको दबाब आएपछि राष्ट्रपतिले आफ्नो निर्णय उल्टो गरे तर राजा यस्तो काम कहिले नगर्ने राणाले जिकिर गरे ।
आगामी जेठमा सबै जनता काठमाडौं आउन आहवान गरिएको राणाले बताए ।‘जे गर्ने हो काठमाडौंमा गर्ने हो,’राणाले भने,‘यो टेलर हो, अहिले महोल तताएर जनतालाई जागरुक गर्ने काम मात्र भएको छ ।’ नेपाल प्राकृतिक स्रोत साधनले सम्भावना बोकेको देश हो । तर, यहाँका नेताहरुको असक्षमता, भ्रष्टाचार र आफ्नो मान्छे र पार्टी अगाडि लग्ने क्रियाकलापले देश पछाडि परेको राणाले धारणा व्यक्त गरे ।
मोटरसाइकल ¥यालीले नगर परिक्रमा गरि राधाकृष्ण चोकमा कोणसभामा परिणत भएको थियो । ¥यालीका सहभागीले राजा आउँ देश बचाउँ, हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ भन्दै नारा लगाएका थिए ।