बर्दिया,चैत १(फरकसमाचार)/ होली पर्वको पूर्व सन्ध्यामा सदरमुकाम गुलरिया बजारमा होलीको रौनक देखिएको छ । बिहीबार बजारको मुख्य मुख्य चोकमा होली पर्वमा आवश्यक पर्ने रङ, पिचकारी, हेप्पी होली लेखिएको टिसर्ट, रङ्गीबिरङ्गी अबिर बेच्ने र किन्नेको भिडभाँड छ ।
व्यबसायीले हिन्दु धर्मावलम्बिको पर्वलाई मध्यनजर गरेर सडक छेउछाउँ पसल थापेका थिए । होलीको एक दिन अघि बजार नै रङ्गीबिरङ्गी देख्दा होली नजिएको भान भयो ।
पछिल्लो समयमा होली पर्वमा परम्परागत रुपमा गाउँ घरमा गाईने जोगिरा सरर हराउँदै गएको पाइन्छ । डिजेको जाबाना आए देखि बजाएर नाँच गान गरेर रङ अबिर लगाएर होली पर्वको शुभकामना साटासाट गर्ने परम्पराले यूवा पीडिको आकर्षण बढ्दो छ ।
आज शुक्रबार बिहान देखि घर आँगन, चोक र टोलमा होली गायन गुञ्जिरहेको छ । स–साना बालिकाले होलीका रंगको बर्षा नै सुरु गरिसकेका छन् ।
होली पर्व मनाउँदा एक अर्काको इच्छा विपरीत अमर्यादित ढंगले जबरजस्ती रङ दल्ने, प्लाष्टिक जन्य लोला हन्ने, बाटो हिड्ने व्यक्तिहरुलाई दुःख दिने, फोहोर छ्याप्ने, सवारी साधनबाट रकम असुल्ने, सार्वजनिक स्थलमा होहल्ला गर्ने, चर्को आवाजमा डिजे र धार्मिक सहिष्णुतामा खलल पार्ने जस्ता काम नगर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ । कानुन विपरीत कार्य गरेमा प्रचलित कानुन बमोजिम कारवाही हुने प्रशासनले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।