बर्दियामा पत्रकारले शुभकामना साटासाट गरेर मनाए होली
शुक्रबार, फागुन ३०, २०८१ मा प्रकाशित

बर्दिया,चैत १ (फरकसमाचार) / पत्रकारले शुभकामना साटासाट गरि होली पर्व मनाएका छन् । नेपाल पत्रकार महासंघ जिल्ला शाखा बर्दियाद्वारा शुक्रबार बिहान आयोजित होली मिलन कार्यक्रममा पत्रकारहरुले शुभकामना आदान प्रदान गरि होली पर्व मनाएका छन् ।

गुलरिया नगरपालिका–६ राधाकृष्ण चोक स्थित पत्रकारहरु सामुहिक रुपमा जम्मा भई एक आपसमा होली पर्वको शुभकामना आदान प्रदान गरेका छन् । होली मिलन कार्यक्रममा उपस्थित पत्रकारहरुले एक अर्कालाई टिका लगाई र मिठाई खुवाई होली पर्वको शुभकामना साटासाट गरेका छन् ।

पत्रकारहरु जहिले पनि समाचारको खोजीमा अहोरात्र खट्ने आफ्नो व्यक्तिगत र सामुहिक जिवन बिताउन नपाउने नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष निर्मल घिमिरेले बताए । ‘महासंघले आयोजना गरेको होली मिलन कार्यक्रममा सामुहिक रुपमा पत्रकारहरु जम्मा भएर शुभकामना साटासाट गरेका छन्,’अध्यक्ष घिमिरेले भने,‘रङको पर्व होलीले भाइचाराको सम्बन्ध स्थापित गर्नेछ ।’

होली पर्वले एक आपसमा खुसी साट्ने, एकता सद्भाव कायम गर्ने सहभागिहरुले विश्वास व्यक्त गरेका छन् ।

होली मिलन कार्यक्रममा पुर्वमन्त्री तथा संघिय सांसद संजय कुमार गौतम, प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, प्रहरी प्रमुख केदार खनाल, सशस्त्र प्रहरी उपरीक्षक, ट्राफिक प्रमुख, निर्माण व्यवसायी संघ लुम्बिनी प्रदेशका महासचिव भेषराज पौडेल, नागरिक समाज संजालकी संयोजक हिमा सुनारलगायत पत्रकारहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय