बर्दिया,चैत २
बारबर्दिया नगरपालिका र गेरुवा गाउँपालिकाका स्वास्थ्य सेवा भवनमा नयाँ आयाम थपिएको छ । बारबर्दिया नगरपालिका वडानं –१ स्थित पहाडीपुर र पशुपति नगरमा नयाँ पूर्बाधार निर्माण गरेर थप किशोरकिशारी मैत्री स्वास्थ्य सेवा विस्तार भएको हो । बिगतदेखि संचालनमा आईरहेको आधारभुत स्वास्थ्य केन्द्र र गेरुवा गाउँपालिकाको पशुपतिनगरमा थप पूर्वाधार निर्माण गरिएकाले सेवाग्राही लाभान्वित हुने स्थानीय टेक चौधरीले बताए ।
‘स्वास्थ्य केन्द्रमा थपिएकोसेवाले किशोरकिशारीलाई सहज हुनेछ,’उनले भने,‘गाउँमै किशोरीले सेवा पाउँदा अफ्ठ्यारो महसुश गर्देनन् ।’
बारबर्दिया नगरपालिकाको वडा नम्बर एक, दुई र तीन र गेरुवा गाउँपालिकाको वडा नम्बर चार र पाँचका किशोरकिशोरी स्वास्थ्य सेवा लिएर प्रत्यक्षरुपमा लाभान्वित हुनेछन् । बारबर्दिया नगरपालिकाको पहाडीपुर आधारभुत स्वास्थ्य केन्द्रमा क ४७ लाख ९१ हजार ६ सय ६० र गेरुवा गाउँपालिकाको पशुपतिनगर स्वास्थ्य चौकीमा ५० लाख ४१ हजार ३८१ रूपैयाँ भौतिक पूर्वाधार(भवन) निर्माणमा खर्च भएको रेकर्डमा उल्लेख छ ।
यौन तथा प्रजनन स्वास्थ्य, अधिकार प्रवद्र्धन गर्नु र किशोरकिशोरीहरूको समग्र जीवनशैलीमा सुधार ल्याउन सक्ने अपेक्षा गरिएको छ । किशोरकिशोरीमा बिभिन्न किसिमका समस्या देखिदा मानिसिकरुपमा चिन्तित भईरहदा दिर्घकालिन समस्या समाधानको लागि परियोजनाले अवधि भरिमा ६ वटा किशोर किशोरी मैत्री स्वास्थ्य सेवा भवन र १३ वटा लैङ्गिक तथा अपांगतामैत्री शौचालय निर्माण गरी सहयोग गर्ने लक्ष्य राखेको परियोजनाका संयोजक सुरज अर्यालले जानकारी दिए ।
अन्तर्राष्ट्रिय सहयोग नियोग कोईकाको आर्थिक सहयोगमा प्लान इन्टरनेसनल नेपाल र राधाकृष्ण थारु जनसेवा केन्द्रको साझेदारीमा निर्माण गरिएको किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा भवनहरू हस्तान्तरण गरिएको हो । स्वास्थ्य सेवामा थप आयाम थपिएकोमा लुम्बिनि प्रदेशका सामाजिक विकास मैत्री जन्मजय तिमिल्सेनाले खुसी व्यक्त गरे ।‘स्थानीय स्वास्थ्य सेवा र स्थानीय सरकारको स्वामित्वमा रहने भवनबाट दिर्घकालिन सेवा दिन महत्वपूर्ण योगदान पुग्नेछ’उनले भने, ‘अन्तराष्ट्रिय स्तरबाट यस्ता सहयोगले समाज रुपान्तरण गर्न सहयोगी बनिरहेको छ ।’
लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री तिमिल्सिनाको प्रमुख आतिथ्यतामा दुबै स्थानिय तहका प्रमुख, उप प्रमुख,वडा अध्यक्ष, लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयबाट स्वास्थ्य सचिव श्री दुर्गालक्ष्मी श्रेष्ठ , स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख श्री नारायण प्रसाद चौधरी, प्लान इन्टरनेशनल नेपालका राष्ट्रिय निर्देशक राम किसन,प्लान इन्टरनेशनल नेपाल पश्चिम क्षेत्रीय कार्यालयकी क्षेत्रीय प्रबन्धक मीना पराजुली ,राधाकृष्ण थारु जनसेवा केन्द्रका अध्यक्ष दिनेश प्रसाद श्रेष्ठ , बाँके यूनेस्को क्लबका अध्यक्ष रवि तुलाधर लगायतको उपस्थििति रहेको थियो ।
कार्यक्रममा लुम्बिनी प्रदेश स्वास्थ्य सचिव दुर्गालक्ष्मी श्रेष्ठले किशोर किशोरी मैत्री सेवाहरू २०७७ को स्वास्थ्य नियमानुसार आधारभूत आवश्यकता भएको बताए ।‘ किशोरकिशोरी मैत्री सेवाहरू सुनिश्चित गर्नका लागि मुख्य तीनवटा कुराहरूमा ध्यान दिनुपर्छ,उनले भने,‘किशोरकिशोरी मैत्री स्वास्थ्यकर्मी, किशोरकिशोरी मैत्री स्वास्थ्य संस्था र प्रत्येक कार्यक्रममा किशोरकिशोरीहरूको संलग्नता र सहभागिता गराउँदा राम्रो हुन्छ ।’ नेपालको जनसङ्ख्याको २० प्रतिशत किशोरकिशोरीहरू संख्या रहेको छ । उनका अनुसार नेपाल बालविवाह गर्नमा एसियाको १६औ स्थानमा छ । कार्यक्रममा प्लान इन्टरनेसनल नेपालका राष्ट्रिय निर्देशक राम किसनले किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा भवन केवल निर्माणका लागि मात्र नभई सबैभन्दा महत्वपूर्ण भएको उल्लेख गर्दे स्वास्थ्य संस्थामा उपलब्ध सेवाको दिगोपनका लागि स्वास्थ्य विभागको सहयोगको आवश्यक्ता औल्याए ।
शनिबार, चैत ०१, २०८१
मा प्रकाशित
1227
Shares
ताजा समाचार
लोकप्रिय
© 2025, All rights reserved to Farak Samachar // Website By Lumbini Host