आज देखि एसइई सुरु
बिहिबार, चैत ०६, २०८१ मा प्रकाशित

बर्दिया,चैत ७ (फरकसमाचार) / यो वर्षको माध्यामिक शिक्षा परीक्षा (एसइई) आज(बिहिबार) देखि सुरु हुदैँछ । परीक्षामा बर्दियामा ७ हजार ७ सय ६२ जना बिद्याार्थी सहभागी हुदैछन् । परीक्षाका लागि ३५ वटा केन्द्र स्थापना गरिएको छ । फलामे छड मानिने एसइईमा निर्भिक तयारीले परीक्षार्थी सहभागी हुन आव्ह्वान गरिएको शिक्षा विकास ईकाईका प्रमुख सुर्य बहादुर खत्रीले बताएका छन् ।

उनका अनुसार परम्परागत रुपमा चिट चोराउँने परम्परालाई तोड्न कडाइकासाथ प्रस्तुत हुने उनले दाबी गर्छन् । ‘परीक्षामा सहभागी हुने केन्द्राध्यक्ष सहित सम्पुर्णलाई चिटलाई निरुत्साहित गर्न निर्देशन छ,’उनले भने,‘अघिल्लो बर्षको नतिजा भन्दा सुधार आउने अपेक्षा गरिएको छ ।’ तर, परीक्षा केन्द्र बिद्यार्थीलाई भन्दा अनुगमन गर्ने अनुगमनकर्तालाई पायक पर्ने ठाउँमा राखिएको गुनासो छ ।

कक्षा १० मा सुरु हुने परीक्षालाई अहिले एसइई भनिन्छ । यस अघि दश कक्षाको परीक्षालाई एसएलसि भनिन्थ्यो । पहिलो पटक १९९० सालमा ३४ जनाबाट सुरु भएको एसएलसि परीक्षालाई एसइईले चिनिन्छ । देश भरी आजबाट सुरु हुने परीक्षाको १९ औ शृखला हो । यो बर्ष एसएलसिमा देश भरिबाट पाँच लाख १४ हजार ७१ परीक्षार्थी एसइईमा सहभागी हुदैछन् ।

जसमध्य नियमित तर्फ चार लाख २१ हजार पाँच सय ८५ जना छन् । यस बर्षको एसइई परीक्षामा परीक्षार्थी दुई हजार कम सहभागी हुदैछन् । गत बर्ष एसइईमा पाँच लाख १६ हजार परीक्षार्थी थिए । चैत १९ गेत सम्म संचालन हुने परीक्षामा देशभरिका १९ हजार २ सय १६ माध्यामिक बिद्यालयका बिद्यार्थी छन् ।

परीक्षा संचालन गर्ने दुई हजार ८० केन्द्र निर्धारण गरिएको छ । परीक्षालाई व्यबस्थित मर्यादित बनाउँन ७७ हजार ८ सय १७ जनशक्ति परिचालन गरिएको छ । एसइईको तयारी पूरा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय