चितुवाले त्राहीमान टपरा बस्ती
शुक्रबार, चैत ०७, २०८१ मा प्रकाशित

बर्दिया,चैत ८(फरकसमाचार)/ बस्तीमा पसेर चितुवाले कुकुरका छाउरा खान थालेपछि बस्ती त्राहीमान बनेको छ । गुलरिया नगरपालिका–८ सर्जुनदी टपरा स्थित नयाँ बस्ती चितुवाको डरले त्राहीमान बनेको हो ।

भारतीय मुर्तिहा जंगलबाट आएको चितुवा बस्ती नजिक रहेको उखुबारीमा बासस्थान बनाएको स्थानीयको आशंका छ । चितुवाले बस्तीमा पसेर घर आँगनमा बस्ने कुकुरका छाउरा लगातार ओसारी रहेको छ ।

चितुवाले बस्तीबाट निरन्तर कुकुरका छाउरा ओसार्न थालेपछि स्थानीयहरु त्रसित भएका छन् । चितुवा बस्तीमा पल्केपछि राती घर बाहिर निस्किन डराईरहेको स्थानीयहरु बताउँछन् ।

मंगलबार राती चितुवाले कुकुरका चार वटा छाउरा खाएको स्थानीय रेशम विकले बताए । ‘चितुवाले बुधबार राती फेरि एउटा कुकुरको छाउरा लगेको छ,’उनले भने,‘सिकार गर्न चितुवा दिनहुँ बस्तीमा पस्न थालेपछि बाल बच्चालाई जोगाउन गाह्रो भईसक्यो ।’ उनका अनुसार अघिल्लो साता चितुवाले दुई वटा कुकुरको छाउरा लगेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय