उक्त लिलामीमा अन्य ऐतिहासिक वस्तुहरू पनि बिक्री भएका थिए। उदाहरणका लागि, एप्पल-१ कम्प्युटर ३.७५ लाख अमेरिकी डलरमा बिक्री भएको छ भने स्टीभ जब्सद्वारा हस्ताक्षरित एप्पलको एउटा चेक १,१२,०५४ अमेरिकी डलरमा बिक्री गरिएको छ ।
सन् २०२२ मा इलोन मस्कले माइक्रोब्लगिङ वेबसाइट ट्विटरलाई ४४ बिलियन अमेरिकी डलरमा खरिद गरेका थिए। टेकओभरको घोषणा गर्दा मस्कले लोकतन्त्रलाई सुचारु रूपमा चलाउन अभिव्यक्ति स्वतन्त्रता अत्यावश्यक रहेको बताएका थिए।
उनले ट्विटरलाई नयाँ सुविधाहरू र सुधारसहित अहिलेसम्मकै उत्कृष्ट भर्चुअल स्पेस बनाउने योजना पनि सार्वजनिक गरेका थिए ।