पत्रकार सिंहको निधन
शनिबार, चैत ०८, २०८१ मा प्रकाशित

९ चैत, काठमाडौं । पत्रकार एवं राजनीतिकर्मी माथवरसिंह बस्नेतको निधन भएको छ। ७९ वर्षको उमेरमा बस्नेतको आज बिहान ९ : ३० बजे निधन भएको हो।

सिंहलाई हृदयघात भएपछि उपचारका लागि माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा  शुक्रबार भर्ना गरिएको थियो।  उनको उपचारकै क्रममा निधन भएको हो ।

पुनर्जागरण साप्ताहिक पत्रिका प्रकाशन गर्ने  बस्नेत राससका पूर्व अध्यक्ष समेत हुन्।

भक्तपुर निवासी बस्नेत नेपाली कांग्रेसमा आवद्ध थिए। भक्तपुर कांग्रेस सभापति दुर्लभ थापाले १ बजेसम्म शवलाई श्रदाञ्जलीको लागि राखिएको र त्यसपछि अन्तिम दाहसंस्कार गरिने जानकारी गराए।

अनलाइनखबरबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय