‘पानीको सही सदुपयोगमा लाग्नु आजको आवश्यकता हो । यसको सही उपयोग गर्नु आजको आवश्यकता हो । यो एउटा स्रोत पनि हो । दैनिकी जीवनमा मात्रै होइन, मुलुकको आर्थिक समृद्धिका लागि पनि यो स्रोत अत्यन्त ठूलो अत्यन्त ठूलो उपयोगी छ,’ ऊर्जामन्त्री खड्काले भने, ‘खासगरी नेपालका लागि त क्रान्तिकारी आर्थिक समृद्धिकोतर्फ पानीको प्रयोग गरेर समृद्ध बनाउने, रोजगारी सिर्जना गर्ने लक्ष्य लिएर अघि बढिरहेका छौँ ।’
ऊर्जामन्त्री खड्काले जलस्रोतहरू नेपालको संस्कृति, सभ्यता र आर्थिक विकासको मेरुदण्ड भएको जिकिर गरे ।
मन्त्री खड्काले बेमौसमी वर्षाले कृषि क्षेत्रमा धेरै असर पुगेको र त्यसले जलस्रोत व्यवस्थापन र भविष्यको जल सुरक्षामा गम्भीर चुनौति उत्पन्न गरेको पनि बताए ।