बर्दिया,चैत १०(फरकसमाचार)/ ओसीएमसिको काम कर्तव्य र न्याय सम्पादनमा न्यायिक समितिको भुमिका सम्बन्धमा जिल्ला स्तरिय छलफल गरिएको छ । एक्सनएड नेपालको साँझेदारीमा कमैया महिला जागरण समाज नेपालद्वारा संचालित स्थानीय अधिकार कार्यक्रम अन्तर्गत शुक्रबार आयोजित जिल्ला स्तरिय अन्तरक्रिया कार्यक्रममा बृहत छलफल गरिएको हो ।
न्यायिक समितिका पदाधिकारी, ओसिएमसिका सम्पर्क व्यक्ति र लैङगिक हिंसा सम्बन्धि सरोकार राख्ने सरोकारवालाहरुको कार्यक्रममा उपस्थिती रहेको थियो । पालिकाले लैङगिक हिंसा निवारण कोष संचालन कार्यविधि बनाएर अघि बढ्नुपर्ने छलफलमा जोड दिईएको छ । लैङ्गिक हिंसामा परेकालाई कसरी समन्वय, सहयोग गर्ने, गोपनियता कायम गर्ने, औषधी उपचारको लागि कहाँ रिफर गर्ने इत्यादि बारेमा व्यापक छलफल गरिएको छ ।
ओसिएमसिको काम कर्तव्यकोे बारेमा न्यायिक समितिका पदाधिकारी र सम्बन्धित शाखाका कर्मचारीहरुलाई जानकारी गराउने उदेश्यले अन्तरक्रियाको आयोजना गरिएको कमैया महिला जागरण समाज नेपालका कार्यक्रम संयोजक रमेश कुमार चौधरीले बताए ।
एकद्वार संकट व्यवस्थापन केन्द्र(ओसिएमसि)को काम कर्तव्यको बारेमा ओसिएमसिकी सम्पर्क व्यक्ति तथा मनोसामाजिक परामर्शकर्ता सपना बाठा मगरले सहजीकरण गरेकी थिईन् । त्यसैगरि न्याय सम्पादनमा न्यायिक समितिको भुमिकाको बारेमा एक्सनएड नेपालका कार्यक्रम संयोजक शिव नारायण चौधरीले सहजीकरण गरेका थिए ।
लैङ्गिक हिंसा न्युनिकरणको जति कुरा गरेपनि भईरहेको कमैया महिला जागरण समाज नेपालकी अध्यक्ष कृष्णी थारुले बताईन् । ‘लैङ्गिक हिंसा न्युनिकरणको लागि सकारात्मक सोचको सिर्जना गर्नुपर्छ,’उनले भनिन्,‘त्यसैगरि आफ्ना छोराछोरीलाई नैतिक शिक्षा दिनुपर्छ ।’