ज्ञानेन्द्र पोखरेल
बर्दिया,चैत १०/ बढैयाताल गाउँपालिका स्तरिय मानव अधिकार तथा सामाजिक न्याय मंच (मानव अधिकार एलायन्स) को अध्यक्षमा बेनि माधव पौडेल सर्बसम्मत चयन भएका छन् । शुक्रबार भएको भेलाले मान अधिकार एलायन्सको अध्यक्षमा पौडेललाई सर्बसम्मत चयन गरेको हो ।
एलाएन्सको उपाध्यक्षमा गंगा शर्मा र सचिवमा ज्ञानेन्द्र पोख्रेल चयन भएका छन् । त्यसैगरि सदस्यमा दुर्गादत्त पोख्रेल, प्रेम बहादुर पुन, साविर खान, भङ्गि राम थारु र भोजनाथ अधिकारी चयन भएका छन् । कोषाध्यक्ष लगायतका केही सदस्यहरू पछि मनोनित गर्ने मानव अधिकार एलायन्सका प्रदेश सदस्य दल बहादुर सुनारले जानकारी दिए ।
मानव अधिकार एलायन्स बर्दिया जिल्ला अध्यक्ष केशब बहादुर जिसिको सभापतित्वमा भेलाले सम्पन्न भएको थियो । मानव अधिकारको पक्षमा वकालत गर्ने, मानव अधिकार र न्यायबाट बन्चित समुदायका सवालमा वकालत गरि न्याय दिलाउन पहल गर्ने उदेश्यले मानव अधिकार तथा सामाजिक न्याय मंचको गठन अपरिहार्य रहेको मानव अधिकार एलायन्स बर्दिया जिल्ला इन्चार्ज तथा बढैयाताल गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारीले बताईन् ।
जिल्लामा मानव अधिकार एलायन्सको गठन हुने बढैयाताल पहिलो पालिका भएको अध्यक्ष जिसिले बताए । उनका अनुसार अब अन्य पालिकामा पनि एलायन्सको गठन गरिने छ ।