डिजे बजाएर ध्वनि प्रदुषण नगर्न प्रहरीको चेतावनी
सोमबार, चैत १०, २०८१ मा प्रकाशित

बर्दिया,चैत ११(फरकसमाचार)/ चर्को आवाजमा डिजे बजाएर ध्वनि प्रदुषण नगर्न प्रहरीले अनुरोध गरेको छ । जिल्ला प्रहरी कार्यालयले आइतबार विज्ञप्ती जारी गरि ध्वनि प्रदुषण नगर्न अनुरोध गरेको हो ।

ध्वनि प्रदुषणले संचालन भईरहेको एसईई परीक्षाको बेला विद्यार्थीहरुको पढाईमा प्रत्यक्ष असर परेको छ । विद्यार्थीको पढाईमा पर्न गएको असरलाई मध्यनजर गरि चाडपर्व, विवाहलगायत धार्मिक सांस्कृतिक कार्यक्रममा ठुलो आवाजमा डिजे नबजाउन प्रहरीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

ध्वनि प्रदुषणले टाउँको दुख्ने, कान कम सुन्ने, रिस उठ्ने, तनाब बढ्ने, निद्रा नलाग्ने र मुटु सम्बन्धी समस्या बढ्नेलगायत अन्य स्वास्थ्य समस्या हुने हुँदा ध्वनि प्रदुषण नगर्न प्रहरीले आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय