पुनर्निर्माणको पर्खाइमा श्रीमहल (तस्बिरहरू)
सोमबार, चैत १०, २०८१ मा प्रकाशित

चैत ११ ,ललितपुर / ललितपुरको पुल्चोकमा रहेको श्रीमहल पुनर्निर्माणमा सरकारले तत्परता देखाएको छैन।२०७२ वैशाख १२ गते गएको भूकम्पले सय वर्ष पुरानो श्रीमहलमा क्षति पुगेको थियो।

नेपाल सरकारको स्वामित्वमा रहेको श्रीमहल पुनर्निर्माणको पर्खाइमा छ। राणा प्रधानमन्त्री चन्द्र शम्शेर जबराले छोराहरूका लागि श्रीमहल बनाएका थिए।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र स्थानीय पूर्वाधार विकासले पुनर्निर्माण गर्ने भने पनि नगरेपछि सहरी विकास तथा भवन निर्माण विभागलाई श्रीमहल पुनर्निमार्ण गर्न भनिएको थियो।

तर लागतअनुसार बजेट विनियोजित नहुँदा श्रीमहल पुनर्निर्माण सुरू हुन सकेको छैन। जसका कारण चर्किएका र इँटा झरेका भित्ता मर्मत भएको छैन। श्रीमहल पुनर्निर्माण गर्न एक अर्ब ५० करोड रुपैयाँभन्दा बढी लाग्ने अनुमान छ।

सेतोपाटीबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय