कालोपुल क्षेत्रमा गुठीको जग्गा अतिक्रमण गरेर बनेका संरचनामा चल्यो डोजर
सोमबार, चैत १०, २०८१ मा प्रकाशित

चैत ११ ,काठमाडौं / काठमाडौंको कालोपुलमा गुठी संस्थान मातहतका जग्गा अतिक्रमण गरेर बनाइएका संरचनामा डोजर चलेको छ । काठमाडौं महानगरपालिका र गुठी संस्थानको समन्वयमा अतिक्रमित जग्गामा बनेका संरचनामा डोजर चलाइएको हो ।

गुठी संस्थानका प्रवक्ता हरि प्रसाद सुवेदीका अनुसार धेरै पहिलादेखि नै त्यहाँको गुठीको जग्गा अतिक्रमण गरेर संरचना निर्माण भएका थिए ।

सोही संरचनामा सोमबार महानगरपालिकासँगको समन्वयमा डोजर चलाइएको हो । गुठी संस्थान मातहतको जग्गा हो । त्यहाँ अतिक्रमण भएको थियो,’ सुवेदीले भने, ‘अहिले चाहिँ गुठी संस्थान र महानगरको सहकार्यमा अतिक्रमण ठाउँमा डोजर चलाएको हो ।’

अनलाइनखबरबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय