काठमाडौ,चैत ११ / क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले जनसम्बन्ध विस्तार अभियान सुरु गरेको छ । गत चैत ४ गतेबाट विभिन्न ठाउँबाट अभियान सुरु गरिएको हो । पार्टीले केन्द्रबाट गठन गरेको ४ वटा टोलीले जनताका बीचमा प्रचार प्रसार, सदस्यता वितरण, जनभेटघाट सभा, जुलुस लगायतका कार्यक्रम गर्दै निरन्तर अघि बढ्ने अगाडि छ ।
चैत ४ गते पहिलो टोली भारतको सिमाना पाँचथरको चियोभन्ज्याङबाट र दोस्रो टोली भारतको सिमाना झापाको काँकडभिट्टाबाट अगाडि बढेको छ । त्यसैगरि तेस्रो टोलीले भारतको सिमाना कञ्चनपुरकोे गड्डाचौकी र चौथो टोली भारतको सिमाना बैतडीको झुलाघाटबाट अघि बढेको छ ।
केन्द्रबाट परिचालित उक्त टोलीले तोकिएको कार्य क्षेत्रमा कोणसभा गरि जनसम्बन्ध विस्तार गर्ने क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका केन्द्रिय बैकल्पिक पोलिट ब्युरो सदस्य बालकृष्ण ओलीले बताए । उक्त अभियानका क्रममा हामी हरेक गाँउ वस्ति र बजारका चोक चोकमा पुगेर जनतालाई जागरुक गराउने र नेपाली क्रान्तिको कार्यभार पुरा गर्ने सदस्य ओलीले जनाए ।