जयेन्दु बाल सुधार गृहमा किन भइरहन्छ झडप र आगजनी ?
सोमबार, चैत १०, २०८१ मा प्रकाशित

चैत ११ , काठमाडौं / १ चैत होलीको दिन बाँकेको डडुवा नगरपालिका–६ हिरिमिनियास्थित जयेन्दु बाल सुधार गृहमा झडप भयो । झडपले उग्र रुप लिँदा सुधार गृहमा आगजनी र तोडफोड भयो । केही प्रहरी घाइते भए ।

१ चैतको रातिदेखि भएको झडप पूर्ण रुपमा नियन्त्रण गर्न प्रहरीलाई भोलिपल्टसम्म लाग्यो । २ चैत साँझ मात्रै प्रहरीले स्थितप पूर्ण रुपमा नियन्त्रणमा लिएको थियो ।

प्रारम्भिक अनुसन्धानबाट होली खेल्ने क्रममा विवाद हुँदा झडप भएको देखिए पनि झडपको कारण होली मात्र नभएको छानबिनबाट पत्ता लागेको प्रहरीको भनाइ छ ।

 

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) तुलबहादुर कार्कीका अनुसार झडपको मुख्य कारण पुरानो रिसइबी हो । ‘सुधार गृहमा पहिल्यैदेखि दुई समूहबीच विवाद हुने गरेको देखिएको छ । त्यसैको उग्र रुप होलीको दिन देखियो,’ एसपी कार्कीले भने ।

दुई समूहबीच सुधार गृहभित्र बस्ने, खेल्ने, सरसफाइ गर्ने लगायतका विषयमा विवाद हुने गरेको छानबिनबाट देखिएको छ । यो विवादमा एउटा समूहले अर्को समूहमाथि आफ्नो प्रभुत्व देखाउन खोज्दा होलीको दिन त्यो बिस्फोट भएको सुधार गृह प्रशासनको भनाइ छ ।

स्थलगत अध्ययन प्रतिवेदनले दिएको सुझाव र निर्देशन कार्यान्वयनतर्फ सरकारले ध्यान नदिँदा पटकपटक पुरानै नियति दोहोरिँदै आएको छ ।

शुक्रबारबाट भएको तनावले शनिबार दिउँसो १:४५ बजे आगजनीको रुप लिएको थियो । तीनतले भवनको पहिलो तलामा उनीहरुले आगो लगाएका थिए ।

स्थिति नियन्त्रण लिन प्रहरीले ७३ राउन्ड हवाई फायर गर्नुपरेको थियो । इन्सास राइफलबाट ५८ राउन्ड, एसएलआरबाट ४ राउन्ड, सर्टगनबाट १ राउन्ड र ग्याँस गनबाट १९ राउन्ड गरी ७३ राउन्ड हवाई फायर गरिएको एक अधिकृतले बताए ।

सुधार गृहमा रहेका २५५ मध्ये ४९ जना झडपमा परी घाइते भएका थिए । उपचारपछि उनीहरु सबै जना ठिक भइसकेका छन् ।

अनलाइनखबरबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय