लागु औषधसहित मधुवनका दुई जना पक्राउ
मङ्गलबार, चैत ११, २०८१ मा प्रकाशित

बर्दिया,चैत १२(फरकसमाचार)/ लागु औषधसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । बढैयाताल गाउपालिका–७ कण्ठपुर स्थितबाट मधुवन नगरपालिका–४ का २७ वर्षिय रन्जित चौधरी र ३४ वर्षिय कालुराम चौधरीलाई लागु औषधसहित प्रहरीले शनिबार पक्राउ गरेको हो ।

भारततर्फबाट भे १० प नंम्बरको मोटरसाइकलमा सवार भई शंकास्पद रुपमा आउदै गरेको अवस्थामा नियन्त्रणमा लिई चेकजाच गर्दा लागु औषध फेला परेको प्रहरीले जनाएको छ ।

मोटरसाइकलको सिट मुनि प्लाष्टिकको पुरियामा बेरेर लुकाई राखेको अवस्थामा ६ सय १० मिलीग्राम खैरो रङको लागु औषध ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ । दुवै जनालाई नियन्त्रणमा लिई जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरि अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्ण डा“गीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय