माइतीघरमा नारा- कता हिँडेको बिजुली मारेर, कुलमान फालेर
मङ्गलबार, चैत ११, २०८१ मा प्रकाशित

काठमाडौं, चैत १२ / सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएको विरोधमा माइतीघर मण्डलमा प्रदर्शन भएको छ।

मंगलबार दिउँसो ‘कता हिँडेको बिजुली मारेर, कुलमान फालेर, नेपाललाई अन्धकार होइन उज्यालो चाहिन्छ, हामी हेरेको हेर्यै, सरकार जान्ने भो धेरै’ जस्ता नारा लेखिएको प्ला कार्डसहित प्रदर्शन भएको हो।

मन्त्रिपरिषदको सोमबारको बैठकले घिसिङलाई कार्यकारी निर्देशकबाट हटाएर उक्त पदमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको थियो।

kkulman-pradarsan-(12)-1742889022.jpg

यो निर्णयलाई लिएर सत्तारूढ नेपाली कांग्रेसकै कतिपय मन्त्री र नेताहरूले समेत विरोध गरेका छन् भने नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), रास्वपा सभापति रवि लामिछाने, रा.प्र.पा. अध्यक्ष राजेन्द्र लिङ्देन लगायतले विरोध गरेका छन्।

सेतोपाटीबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय