कुलमानबारे पुनर्विचार गर्न कांग्रेस सांसदको प्रस्ताव
मङ्गलबार, चैत ११, २०८१ मा प्रकाशित

काठमाडौँ, चैत १२ / सत्तारुढ नेपाली कांग्रेस सांसदले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबारे सरकारले गरेको निर्णयमा पुनर्विचार गर्न सरकारलाई आग्रह गर्नुपर्ने बताएका छन् ।

मंगलबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा कांग्रेसका सांसदले यस्तो प्रस्ताव राखेका हुन् । सार्वजनिक लेखा समितिका पूर्वसभापति समेत रहेका कांग्रेसका सांसद रामकृष्ण यादवले पुनर्विचार गर्न पत्र पठाउने प्रस्ताव राखेका हुन् ।

‘उहाँ (कुलमान घिसिङ)लाई नहटाउनु पर्ने थियो । अहिले चर्चा परिचर्चा भएको छ । अब लेखा समितिका तर्फबाट प्रधानमन्त्रीलाई पुनर्विचार गर्न पत्र पठाऔं’ उनले भने ।सोमबार बसेको मन्त्रिपरिषदको बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउने निर्णय गरेको छ । तर, मन्त्रिपरिषदको निर्णयमा मुख्यसचिव एकनारायण अर्यालले हस्ताक्षर गर्न बाँकी रहेकोले कुलमान घिसिङले पदबाट हटेको पत्र पाएका छैनन् ।

यो अवस्थामा घिसिङलाई पदबाट हटाउने निर्णयमा पुर्नबिचार गर्न सकिने भन्दै कांग्रेस सांसद यादवले प्रधानमन्त्रीलाई पत्र पठाउने प्रस्ताव गरेका हुन् ।लेखा समितिको बैठकमा प्रमुख प्रतिपक्षी माओवाद केन्द्र, विपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रा.प्र.पा) लगायतका दलका सांसदले समेत घिसिङलाई सरकारले हटाएको बारे लेखा समितिको धारणा के हो प्रष्ट गर्नुपर्ने बताएका छन् ।

लेखा समितिले घिसिङलाई समेत यसअघि समितिमा बोलाएर छलफल गरेको छ । लेखा समितितिमा घिसिङको विषयसँग सम्बन्धित रहेर विगतमा समेत छलफल भएका छन् ।विगतमा छलफल गरिएको तर, कुनै निर्णय नभएको भनेर मंगलबार सरकारको निर्णयमा धारणा बनाउन आवश्यक रहेको सांसदहरूले बताएका हुन् ।

अनलाइनखबरबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर