लागु औषधसहित दुई पक्राउ
बुधबार, चैत १२, २०८१ मा प्रकाशित

बर्दिया,चैत १२(फरकसमाचार) / लागु औषधसहित प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ । सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१० बेलगारीका २१ वर्षिय अरमान खान र १९ वर्षिय सालिन बक्सलाई लागु औषधसहित प्रहरीले सोमबार पक्राउ गरेको हो ।

बासगढी नगरपालिका–१ चेपाङ स्थित रत्नराज मार्गमा नेपालगंज देखि सुर्खेत तर्फ शंकास्पद रुपमा जा“दै गरेको अवस्थामा नियन्त्रणमा लिई चेकजाँच गर्दा लागु औषध फेला परेको प्रहरीले जनाएको छ ।

दुवै जनाको साथबाट ३ सय ६० मिलीग्राम लागु औषध ब्राउन सुगरको धुलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ । दुवै जनालाई नियन्त्रणमा लिई अदालतबाट पा“च दिनको म्याद लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय