५० दिने स्वरोगराज सम्बन्धि तालिम संचालन
बुधबार, चैत १२, २०८१ मा प्रकाशित

बर्दिया, चैत १३ (फरकसमाचार)/ बढैयातालले आयआर्जन तर्फ यूवायूवतिलाई आर्कषण गर्दै दक्ष जनशक्ति तयार गर्न ५० दिनसम्म चल्ने तालिम संचालन गरेको छ । उक्त तालिमको समुद्घाटन गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठी र उपाध्यक्ष लक्ष्मी अधिकारीले संयूक्त रुपमा गरेका छन् ।

स्कील ट्रेनिङ तथा रिसर्च कन्सल्टेन्सी प्रालि बाँके मार्फत संचालन गरेको पलम्बर र ईलेक्ट्रिसियन तालीममा चार वटा वडाको चालिस जना सहभागी छन् । प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्र्तगत संचालन गरिएको तालिममा महिलाको सहभागिता बढि रहेको छ ।
कार्यक्रममा अवसरको रुपमा लिन पर्ने अध्यक्ष त्रिपाठीले बताए । ‘राज्यले तपाईहरुको लागि ठूलो लगानी गरेको छ,’अध्यक्ष त्रिपाठीले भने,‘राज्यले तालिममा गरेको लगानी खेर फाल्न भएन ।’

चूलोचौकोमा व्यस्त महिलालाई तालिमको अवसरलाई दक्ष जनशक्तिमा रुपान्तरण गर्न बढैयातालले संचालनमा ल्याएको कार्यक्रमलाई सकारात्मक रुपमा लिएको वडा जनप्रतिनिधिले बताएका छन् । कार्यक्रममा वडा अध्यक्ष शुक्र सापकोटा, तेजनाथ पौडेल लगायतको सहभागीत रहेको थियो ।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष पौडेलले सिप सिक्न पैसा तिरेर टाढा टाढा जान पर्ने बाध्यता रहेपनि घर आँगनमा तालिमको अवसर छोप्न प्रशिक्षार्थीलाई अनुरोध गरेका थिए । ‘हामी जहाँ गएपनि सिपको आवश्यक्ता हुन्छ’उनले भने,‘तपाईहरुले बढैयाताल गाउँपालिकाले दिएको अवसर भरपुर सदुपयोग गर्नु होला ।’

योे तालिमको मुख्य उदेश्यले नागरिकलाई आय आर्जन गर्न सक्षम बनाउँने उदेश्य रहेको गाउँपालिकाको उपाध्यक्ष लक्ष्मी अधिकारी बताईन । ‘रहर गर्ने भन्दा आवश्यक्ता भएको तालिम महिला दिदि बहिनिलाई बढैयाताल गाउँपालिकाले संचालन गरेको छ,’उनले भनिन्,‘ बजेट बिनियोजन गर्दा समेत कार्यपालिकामा छलफल गरेर बजेट बिनियोजन गरेका छौ,दैनिक रुपमा तालिममा सहभागी भएर दक्ष जनशक्ति तयार होस् भन्ने हो ।’

तालिमका सहभागिलाई २० प्रतिशत बाहेक सम्पूर्ण व्यबहारीक ज्ञान दिने र जुन ज्ञानले दैनिक जिवनमा काम लाग्ने गरी सिकाईने स्कील प्रालिका प्रमुख शिव रानाभाटले बताए । उद्घाटन पछि तत्कालै सैद्धान्तिक ज्ञान सहित व्यबहारीक ज्ञान सिकाईन उनको भनाई छ ।
फोटो ः तालिम उद्घाटन शत्रका सहभागी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय