बेवारिसे शिशुलाई नयाँ अभिभावक  शिशुलाई नयाँ अभिभावक
बुधबार, चैत १२, २०८१ मा प्रकाशित

बर्दिया,चैत १३ / जिल्ला अस्पताल बर्दियाको ओसिएमसि कक्ष मंगलबार दिउँस शान्त थियो । ओसीएमसि कक्षमा उपस्थित सिडिओ रुद्रादेवि शर्मा, एसपि केदार खनाल र बारबर्दियाकाकी उप–प्रमुख रत्ना पाण्डेको अनुहारमा भावुकताले छोपिरहेको पढ्न सकिन्थ्यो । ति बालकको उद्धारमा स्वय खटिएको ओसिएमसि कक्षबाटै एसपि खनालले स्मरण गरे । रुदै गरेको अवस्थामा उद्धार गरेको अहिले बच्चा हासेको देख्दा भावुक बनाएको खनालले सुनाए ।

फागुन ५ गते बारबर्दिया नगरपालिकाको कुभ्रागाउँको बाँसको झाँडीमा भेटिएका बेबारिसे शिशुलाई एक महिनाको उमेरपछि ओसिएसि कक्षमा ल्याइएको थियो । जिल्ला अस्पतालमा कार्यरत आसिएमसि कक्षमा उपस्थित डा. बिश्वनाथ शाहले बच्चालाई पटक पटक जाँच गर्दा टिठ लाग्दो दृश्यले उपस्थित सबैको ध्यान खिचिरहेको थियो । बालरोग बिशेषज्ञ डा. शाहका अनुसार अहिले बच्चा तन्दरुस्त भएपनि आमाको दुध नखान पाएको पाँच, छ महिना पछि असर देखिन सक्छ ।

बाँसको झाँडीमा बेबारिसे भेटिएका शिशुको उद्धारपछि बर्दिया अस्पतालमा गरिएको उपचारपछि निको भएका उनलाई पुनःबारबर्दिया नगरपालिकामा बाल अधिकार समितिले लगेपनि नयाँ अभिभावकलाई दिलाउँनका लागि मंगलबार दिउँस जिल्ला अस्पतालको ओसिएमसिमा कक्षमा राखिएको दृश्यले मर्माहित बनाईरहेको थियो ।

नयाँ अभिभावक वा (बुवा र आमा )बन्न थालेका मधुवनका ८ बस्ने नरेन्द्र बहादुर ओली र पबित्रा खत्रि दम्पति भूई तलामा थिए । बच्चासँग चिकित्सक र सुरक्षाकर्मी ओसिएमसिक कक्षमा बसिरहेका थिए । त्यत्तिकै सिडिओ शर्माले बच्चा काखमा लिदा बच्चा खुसी भएको दृश्य रोमान्चक देखिएको थियो । बच्चालाई हेर्दै टोलाईरहेकि सिडिओ शर्माले बच्चा हास्दा हासेर साथ दिईरहेकि थिईन् ।

बालअधिकार समितिको निर्णयले बच्चा पाल्न सक्ने हैसियत देखि पृष्ठ भूमिको अध्ययनपछि बच्चा पालन पोषणको जिम्मा ओली दम्पतीलाई दिईएको समितिको भनाई छ । समितिले बच्चा हस्तान्तरण गरेपनि जिल्ला अदालतको प्रक्रिया पुरा भएपछि आधिकारीक रुपमा बच्चा दिईन कानुनमा व्यबस्था छ । बच्चा लिने दम्पतिले निवेदन जिल्ला अदालतमा दर्ता गराएका छन् । स्रोत नागरिकन्युज

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय