बर्दिया,चैत १४(फरकसमाचार)/ प्रहरी अलि चनाखो भयो भने ‘मुसो त के हात्ती पनि थूनिन्छ’भन्ने उक्तिलाई बर्दिया प्रहरीले चरीतार्थ गरिरहेको छ । यस्ता कामबाट नागरिकको मन जित्न प्रहरी प्रमुख केदार खनाल सक्रिय देखिएका छन् । धर्म सहिष्णुता कायम गर्न दशैमा लघु रुद्री धर्मावलम्बि (हिन्दु र मुश्लिम)का गुरुको सहयोगमा गराएर दिर्घकालिन साम्प्रदायिक भावनालाई त्याग गर्ने वातावरण सिर्जना गरेर काम देखाएका एसपि खनालले धर्म सस्कृतिका रखवालासँग हिमचिम बढाएर बर्सो देखि निस्किरहेको चर्को आवाजको रोग निको पार्न लागिपरेका छन् ।
पूरानो रोग निको पार्ने डाक्टरलाई भगवानको रुप दिन्छन् भने यस्तै बर्सौ देखि जरा गाडेर समाजमा नराम्रो छाँप छाडेका बिक्रृतिलाई रोक्न एसपि खनालको अग्रसरता देखेपछि प्रहरीको साथ,न्यायको हाथ हुने रैछ भन्ने चर्चा सुरु हुन थालेको छ ।
पहिला पहिला यस्ता काम कागजमा नियन्त्रणमा देखिएपनि आम नागरिकले महसुस गर्न नपाएको तर्क गर्ने धेरै छन् । प्रहरी जादुको छडि नभएर एक एक कामले नागरिकको मन जित्दा सुरक्षाको प्रत्याभुति जगजाहेरमा महशुस हुन थालेको छ । चर्को आवाज नियन्त्रणका लागि प्रहरी दस्ता र प्रहरी प्रमुखको अर्लटमा देखेर प्रहरीले कान चनाखो पार्दा यो समस्या पूर्ण रुपमा नियन्त्रण नभएपनि एक हदसम्म आवाज नियन्त्रणमा आईरहेको अनुभुति भईरहेको छ ।
बिहान, साँझ र अबेर रातसम्म बिभिन्न आडम्बरको नाममा ड्याङ डुडुङ बज्ने चर्को आवाज गुन्जाईलाई एक छाता भित्र प्रहरी थुन्न सफल भएको छ । प्रहरीले दुई दिन अघि बिज्ञप्ती निकालेको २४ घन्टा भित्रमा ध्वनि प्रदुषण एक हदसम्म नियन्त्रणमा आईसकेको प्रतिफल प्राप्त भईसकेको छ ।
आजभोली जिल्ला अलि शान्त भयो कि भन्ने महशुस गर्न थालिएको छ । राती अबेर सम्म चर्को आवाजमा बज्ने काममा ब्रेक लागेको हो कि भन्ने बिषयलाई नागरिकबाट गाईगुई सुन्न थालिएको छ । डिजे नियन्त्रणको योे कौहुलतालाई आम नागरिकले मन माँझामाँझ गर्न कतिले भ्याएका छन भने कतिले भेउ नै पाएका छैनन । तर जिल्ला शान्त तर्फ उन्मुख भईरहेको बिषयमा भने स्थानीय विच दुई मत छैन । दिनदिनै सकारै हुने होहोहल्ला नियन्त्रणका लागि प्रहरीले चालेको कदमलाई स्थानीयले सकारात्मक रुपमा लिएका छन् ।
पढ्ने, सुत्ने, पारिवारिक वातावरणमा समेत खेलबाड गर्ने र बिद्यार्थीको भबिष्य नै बिगार्ने घृणितका काममा धर्म सस्कृतिका रखवाला नै चर्को आवाजमा बजाउँने माईकले आलोचित भईरहेका थिए । प्रहरीले यसरी धर्मसस्कृति मूल मर्ममा साथ दिएको छ भने धर्मको नाममा बिसंगति बढिरहेको औल्याएर डिजे जस्ता चर्को रुपमा ध्वनि प्रदुषण गर्ने परम्परालाई निरुत्साहित गरिरहेको छ ।