गुलरियामा छ सय ५५ घरमा जस्तापाता लगाइने
शुक्रबार, चैत १४, २०८१ मा प्रकाशित

ज्योति पन्थी

बर्दिया,चैत १५/ नेपाल सरकारले सुरु गरेको सुरक्षित नागरिक आवास अन्तर्गत बर्दिया जिल्लाको गुलरिया नगरपालिकामा यस आर्थिक वर्षमा छ सय ५५ घरबाट खरको छाना विस्थापित गरिने भएको छ ।

नागरिकलाई नागरिकको घरबाट खरको छाना विस्थापित गराई जस्ताको छानामुनी ल्याउने नेपाल सरकारको उद्देश्य बमोजिम सुरक्षित नागरिक आवास अन्तर्गत छ सय ५५ घरमा जस्ता गराई खरको छाना विस्थापित गरिने भएको हो । यसअघि आर्थिक वर्ष ०७७।०७८ मा दुई सय ५० वटा घर निर्माण भएका थिए भने आर्थिक वर्ष ०७८।०७९ मा दुई सय ८० घर निर्माण भएका थियो ।

न्यून आय भएका र लक्षित वर्ग अन्तर्गतका नागरिकहरूका लागि सुरक्षित नागरिक आवास कार्यक्रम कार्यविधि २०७५ को परिच्छेद दुईको दफा तीन र चारको उद्देश्य अनुरूप खरको छाना भएका परिवारलाई जस्तापाताको छानामुनी ल्याउने उद्देश्य अनुरूप सुरक्षित आवास निर्माण गरिने भएको हो ।

विगतका वर्षमा भन्दा यस आर्थिक वर्षमा सुरक्षित आवासको संख्या बढेर आएकाले आफ्ना नागरिकहरूसँग आवेदन माग गरिएको गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादवले बताए । खरको छाना विस्थापित गरेर टिनको छानामुनि ल्याउने नेपाल सरकारको कार्यक्रम अन्तर्गत यस वर्ष छ सय ५५ घर निर्माणका लागि आवेदन माग गरिएको छ ।

आवेदनमा छनोट भएका नागरिकले प्रति घर परिवार ७५ हजार पाउने छन् । नागरिकले पाउने ७५ हजार मध्ये पहिलो किस्ता बापत ४५ हजार र जस्तापाता लगाएर घर पुरा भएपछि ३० हजार गरी कुल ७५ हजार पाउने गुलरिया नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत रूपसिंङ खत्रीले बताए ।

सुरक्षित आवास निर्माणका लागि गुलरिया नगरपालिकालाई कुल चार करोड ९१ लाख २५ हजार खर्च हुने देखिएको छ जसमध्य २८ लाख निकासा भएको छ भने बाँकी बजेट निकासा गर्न सङ्घीय सरकारसँग पत्राचार गरिएको नगरपालिकाले जनाएको छ ।

विगतका वर्षमा खरको छाना विस्थापित गरी टिनको छाना पाएका स्थानीय रेश्मा नाउँले भने सरकारले विपन्नलाई गरेको सहयोग सराहनीय भएको र आफूले खरको छना विस्थापित गरी जस्तापाता लगाए पछि आफूहरूलाई सजिलो भएको बताए । स्रोत गोरखापत्र

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय