श्रमिक र सरोकारवालाहरु विच अन्तरक्रिया
शुक्रबार, चैत १४, २०८१ मा प्रकाशित

खुशी राम चौधरी

बर्दिया,चैत १५/ अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिक र सरोकारवालाहरु विच वडा स्तरिय अन्तरक्रिया सम्पन्न भएको छ । कार्यक्रममा सहभागि श्रमिकहरुले कार्यक्षेत्रमा आफुले भोग्नु परेको समस्या तथा अनुभव बारे बिहीबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । दैनिक पाँच सय रुपैयाँमा काम गर्न बाध्य रहेको सहभागि श्रमिकहरुले बताएका छन् ।

महिला र पुरुष बिच समान कामको समान ज्याला भन्ने व्यवस्था भनिएता पनि कार्यान्वयन हुन नसकेका गुनासो गरेका छन् । अनौपचारिक क्षेत्रमा काम गर्ने महिला रु पाँच सय र पुरुष छ सय रुपैयाँ मात्र पाउने गरेका सुनाएका छन् । जिल्लाले निर्धारण गरेको जिल्ला दर रेटको न्यूनतम् मूल्य तपाउन सकेका छैन् भने ज्यालामा पनि लैङ्गिक विभेद रहेको देखिन्छ ।

“सरकारले ज्याला दर रेट निर्धारण गरेको हुन्छ भन्ने मलाई आज मात्र कार्यक्रममा थाहाँ पाएको श्रमिक महिला दिपा थारुले बताईन् । काम पाईदैन कि भन्न डरले श्रमिकहरु आफ्नो अधिकारको लागि आवाज उठाउन नसकेको श्रमिकहरु बताएका छन् । भौतिक निमार्ण कार्यमाकाम गरेको विभिन्न ठेकेदारले ज्याला नदिएको श्रमिकहरुले बताएका छन् ।

सडुवा गाउँ वडघर मिठ्ठु थारुले गाउँमा खोजनी बोजनीको बेलामा नै छ सय पचास रुपैयामा दैनिक ज्यालादारी निर्धारण लिखित रुपमा निर्णय गरि कार्यन्वयनमा रहेकोे बताए । त्यसैगरी अन्य गाउँटोलको ६÷७ सय सम्म श्रम किन्ने र बेच्ने विचको आपसी समझदारी अनुसार रहेको बताएका छन् । श्रमिक तथा वडघरहरुले श्रमिकहरुको अवस्था बारे स्थानीय सरकार गम्भिर भएर अनुगमन गरि आवश्यकता अनुसार नियमन गर्न माग गरेका छन् ।

कामको सम्झौता नगरि काम गर्न जाने र काम गरेको कुनै पनि आधिकारीक प्रमाण भएकोले श्रमिकहरुको पक्षमा निर्णय गर्न न्यायिक समितीका सदस्य तथा राजापुर नपा वडा नं. ८ का कार्यवहाक वडा अध्यक्ष कृष्णी देवी ढुङ्गनाले बताईन् ।

स्थानीय सरकारले पनि राष्ट्रिय ज्यालादर अनुसारका काम कारबाहि गरेको छ । श्रमिकहरु पनि एकजुट हुन पर्ने छ । ठेक्कामा काम गरि रहेका निमार्ण व्यवसायहरुबाट धेरै श्रमिकहरु ठगिएका छन् । ठगिएमा परेका श्रमिकहरु न्यायिक समितीमा निवेदन पेश गर्न अनुरोध गरिन् ।
कार्यक्रमको सहजिकरणको क्रममा कमैया महिजाजागरण समाज नेपालको समाजिक परिचालक प्रेम कुमारी थारुले श्रम ऐन र श्रमिकहरुको अधिकारको संम्बोधन गरेको नीतिगत व्यवस्था बारे जानकारी गराईन् ।

उनका अनुसार बर्दिया जिल्लाले आ.व. २०८१÷८२ को लागि कामदारको ज्याला ६ सय ५० रुपैया र दक्ष कामदारको ८ सय ५० रुपैया कायम गरेको छ । त्यसैगरी राष्ट्रिय ज्याला रेट प्रतिदिन प्रति कामदार ६ सय ६८ रुपैया निर्धारण गरिएको छ । श्रम ऐन २०७४ ले श्रमिकहरुको सात लाख बराबरको दुर्घटना विमा, वार्षिक एक लाख बराबरको स्वास्थ्य विमा गर्नु पर्ने, काम वा श्रम गर्नु पुर्व अनिवार्य रुपमा श्रम सम्झौता गर्नु पर्ने, सुरक्षा समाग्रीको प्रबन्ध हुनु पर्ने तथा ज्याला रकम भुक्तानी काम सम्पन्न भएको तीस दिनभित्र भुक्तानी दिनु पर्ने जस्ता कानुनी व्यवस्थाहरु रहेका छन् । तर ती सबै कानुनी व्यवस्थाहरु कागजमा मात्र सिमित भएको र व्यवहारमा कार्यन्वयन नभएको देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय