बर्दिया,चैत १८(फरकसमाचार) / शून्य बेरुजुमा बर्दिया अस्पताल सम्मानित भएको छ । लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले आर्थिक सुशासन कायम गर्दै शून्य बेरुजु बनाउन खेलेको भुमिकाको उच्च मुल्यांकन गर्दै अस्पताललाई प्रशंसा पत्रले शनिबार सम्मानित गरेको हो ।
लुम्बिनी प्रदेश सरकार स्थापना देखि आर्थिक वर्ष ०७५/०७६ देखि आर्थिक वर्ष ०८०/८१ सम्मको मुल्यांकनमा अस्पतालको बेरुजु देखिएको छैन ।
लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले मातहतका कार्यालयहरुको आर्थिक सुशासनको लागि बेरुजुको समिक्षा गोष्ठी तथा शून्य बेरुजु प्रोत्साहन कार्यक्रममा बर्दिया अस्पताल सम्मानित भएको छ ।
बर्दिया अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ड डा.सुभाष पाण्डेलाई लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेम बहादुर सारु, लुम्बिनी प्रदेशका प्रमुख सचिव बाबुराम अधिकारी र स्वास्थ्य सचिव दुर्गा लक्ष्मी श्रेष्ठले प्रंशसा पत्र हस्तान्तरण गरि सम्मानित गरेका थिए ।
शून्य बेरुजु प्रोत्साहन कार्यक्रम मार्फत सरकारी स्रोतको सही उपयोग र दक्षतापूर्वक काम गर्न सरकारको प्राथमिकता रहेको स्वास्थ्यमन्त्री सारुले भनाई राखेका थिए ।