बर्दिया,चैत २०(फरकसमाचार)/ बबई बहुमुखी क्याम्पसको सभापतिमा सुन्दरम गुप्ता विजयी भएका छन् । गुलरिया नगरपालिका–४ बबई बहुमुखी क्याम्पसमा सोमबार भएको स्ववियुको निर्वाचनमा गुप्ता विजयी भएका हुन् ।
७४ मतको अन्तरले गुप्ताले विजयी भएका छन् । ३ सय ४१ मत ल्याएर गुप्ता विजयी भएका छन् भने उनका प्रतिद्वन्दी लक्ष्मण भण्डारी २ सय ६७ मत ल्याई पराजित व्यहोरेका हुन् ।
नागरिक विद्यार्थी समाज, अखिल (क्रान्तिकारी), नेविसंघ र समाजवादी विद्यार्थी युनियन नेपालको साँझा प्यानलबाट सभापतिमा गुप्ता र अनेरास्ववियु र अखिल (समाजवादी) को प्रगतिशिल संयुक्त प्यानलबाट सभापतिमा भण्डारी निर्वाचनमा होमिएका थिए ।
त्यसैगरि गुप्ताकै प्यानलका देवेन्द्र बहादुर थापाले ३ सय ८६ मत पाएर विजयी भएका छन् । कोषाध्यक्षमा सोनम कुमारी चौधरी ३ सय ६१ मत ल्याएर विजयी भएकी छन् । चार दलिय संयुक्त प्यानलका सदस्य उम्मेदवारमा मोहम्मद असिफ गद्दी, प्रदिप बुढाथोकी, अन्जली पाण्डे र शिवानन्दन यादव विजयी भएका छन् । जम्मा मतमा ७ सय ६३ रहेकामा ६ सय १८ मत खसेको थियो ।