२२ वर्षपछि फरार प्रतिवादी पक्राउ
बुधबार, चैत १९, २०८१ मा प्रकाशित

बर्दिया,चैत २०(फरकसमाचार)/ हाडनाता करणी कसुरमा फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । बढैयाताल गाउँपालिका–१ जमुनीका कुल बहादुर सुनारलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।

हाडनाता करणी मुद्दामा अदालतले विस १०५९ साल बैशाख २९ गते सुनारलाई ३ वर्ष कैद सजाय तोकेको थियो । अदालतले सजाय तोकेदेखि सुनार फरार रहेका थिए ।

प्रहरीले सुनारलाई २२ वर्ष १० महिना १९ दिनपछि बाँके कोहलपुर नगरपालिका–८ हवल्दारपुरबाट नियन्त्रणमा लिएको हो । सुनारलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि अदालतमा उपस्थित गराएको जिल्ला प्रहरी कार्यालयका डिएसपी ऋषिराम घर्ति मगरले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय