पाँच फरार प्रतिवादी पक्राउ
बिहिबार, चैत २०, २०८१ मा प्रकाशित

बर्दिया,चैत २१(फरकसमाचार) / विभिन्न मुद्दामा फरार रहेका पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको विभिन्न ठाउँबाट फरार रहेका पाँच जनालाई प्रहरीले बुधबार पक्राउ गरेको हो । बढैयाताल गाउँपालिका–२ का रेली थापालाई प्रहरीले पक्राउ गरेको छ ।

उनलाई अदालतले विस २०७३ साल असार ६ गते बहु विवाह मुद्दामा रु २ सय जरिवाना सुनाएको थियो । त्यसैगरि राजापुर नगरपालिका–६ का जगत थारुलाई विस २०३४ साल साउन २५ गते ज्यान मुद्दामा २० वर्ष कैद सजाय तोकेको थियो ।

गुलरिया नगरपालिका–४ का केशव थारुलाई लेनदेन मुद्दामा अदालतले चैत ८ गते लेनदेन मुद्दामा १ वर्ष ६ महिना कैद सजायको फैसला गरेको थियो । राजापुर नगरपालिका–८ का गंगा देवी उपाध्यायलाई कुटपिट मुद्दामा अदालतले विस २०६५ साल मंसिर १० गते रु १ सय १० जरिवाना र सोही ठाउँका विष्णु खत्रीलाई अदालतले विस २०५३ साल माघ ६ गते थुनुवा भगाएको मुद्दामा २५ वर्ष ७ महिना ४ दिनको कैद सजाय अदालतले फैसला गरेको थियो ।

लुकिछिपी बसेको अवस्थामा पाँचै जनालाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि जिल्ला अदालतमा दाखिला गरेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक ऋषिराम घर्ति मगरले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय