ज्ञानेन्द्र पोखरेल
बर्दिया,चैत २२/ स्वास्थ्य स्वयमसेबिकाहरुलाई नयाँ साईकल र छाता वितरण गरिएको छ । बढैयाताल गाउँपालिका वडा नं. ८ ले वडा भित्र सक्रिय महिला स्वास्थ्य स्वयमसेबिकाहरुको काम र लगनशीलताको कदर गर्दै नयाँ साईकल र छाता वितरण गरेको हो । बुधबार वडाले साईकल र छाता दिदाँ महिला स्वयमसेविकाहरु खुसी भएका थिए ।
लामो समय देखि निम्न पारिश्रमिक र सेवा सुबिधामा निरन्तर गाउँ टोलमा अहोरात्र खटिने महिला स्वास्थ्य स्वयमसेबिकाहरुलाई आवत जावतमा सहज होस् भन्ने हेतुले साईकल बितरण गरिएको बढैयाताल गाउँपालिका–८ का वडा अध्यक्ष तेजनाथ पौडेलले बताए ।
आब २०८१/०८२ को वडा कार्यालयको बिनियोजित बजेट कुल रु १ लाखबाट वडाका १२ जना महिला स्वास्थ्य स्वयमसेबिकाहरुलाई एक/एक थान साईकल र छातासहित रु ३ हजार ३ सय प्रोत्साहन भत्तासमेत बितरण गरेको वडा अध्यक्ष पौडेलले जानकारी दिए ।