सुबेदी कल्याण प्रतिष्ठान बर्दियाको अध्यक्षमा इन्दिरा सुवेदी निर्वाचित
सोमबार, चैत २४, २०८१ मा प्रकाशित

बर्दिया,चैत २५/ सुबेदी कल्याण प्रतिष्ठानको अध्यक्षमा इन्दिरा सुबेदी निर्वाचित भएकी छन् । प्रतिष्ठानको पहिलो जिल्ला अधिवेसनबाट अध्यक्षमा इन्दिरा सुबेदी निर्वाचित भएकी हुन् । उपाध्यक्षमा अर्जुन सुबेदी, सचिवमा राजेन्द्र सुबेदी, सहसचिवमा कमलनाथ सुबेदी र कोषाध्यक्षमा धन बहादुर सुबेदी निर्वाचित भएका छन् ।

त्यसैगरि सदस्यमा टंकराज शर्मा सुबेदी, चन्द्रेश्वर सुबेदी, सुमन सुबेदी, रामजी प्रसाद सुबेदी र चानक प्रसाद सुबेदी निर्वाचित भएको निर्वाचन मण्डलका संयोजक गोपाल सुबेदीले जनाए ।

आफ्नो पुर्खाको गौरवमय इतिहास खोजौँ । बन्धुबीच सुसम्बन्ध सदाचार एवं भातृत्वको भावना कायम गरौं भन्ने मुल नाराका साथ शनिबार सुबेदी कल्याण प्रतिष्ठान बर्दियाको पहिलो जिल्ला अधिवेसन सम्पन्न भएको छ ।

नवनिर्वाचित जिल्ला कार्यसमितिको पहिलो बैठक बसी अधिवेशन सम्पन्न गर्न केन्द्रीय र प्रदेश अतिथिहरूलाई धन्यवाद ज्ञापन, पालिका स्तरमा सुबेदी कल्याण प्रतिष्ठानको गठन गर्ने, एक वर्षभित्र कम्तीमा ५० जना आजीवन सदस्यहरू वृद्धि गर्ने, सुबेदी कल्याण प्रतिष्ठानको वंशावली तयारका लागि आउँदो वैशाखसम्म बर्दियामा प्रशिक्षण सञ्चालन गर्ने तयारी रहेको अध्यक्ष इन्दिरा सुवेदीले जानकारी दिईन् ।

देशका विभिन्न भागबाट बर्दियामा बसाइँसरी आएका सुबेदीहरुले वंशावली निर्माण, कुल पुजा, पुर्खाको खोजी र आपसी संबन्ध नजीक बनाउन सुवेदी संगठित भएका हुन् । सो अधिबेशन सुवेदी कल्याण प्रतिष्ठान केन्द्रीय उपाध्यक्ष होमप्रकाश सुवेदीको प्रमुख अतिथ्यमा भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय