बर्दिया,चैत २६(फरकसमाचार)/ खाद्य पदार्थको पोषण प्रवद्र्धन तथा उत्पादनको क्रममा प्रयोग भएको विषादीको असर न्युनिकरण सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । स्वास्थ्य कार्यालयको आयोजनामा सोमबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
विश्वव्यापी र नेपालमा विषादीको प्रयोगको अवस्था, विषादी प्रयोगले स्वास्थ्यमा पार्ने असर र विषादी न्युनिकरण गर्नका निम्ति केके अभ्यास गर्ने विषयमा अन्तरक्रियामा व्यापक छलफल गरिएको छ । कार्यक्रममा किसानहरुको उपस्थिती रहेको थियो ।
कृषि पेशामा आबद्ध कृषकहरु विषादीको प्रत्यक्ष सम्पर्कमा आउ“ने हु“दा क्यान्सर रोगको जोखिममा पर्ने गरेको चिकित्सकहरुको भनाई छ । स्वास्थ्य तथा वातावरणमा असर नपर्ने घरेलु बकाईनो, निम, तितेपाती, मेवाको पात र गाई भैंसीको मुत्र मिसाई विषादी बनाएर प्रयोग गर्न जोड दिईएको छ ।
न्युन असर भएको विषादी प्रयोग गर्न प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताईन् । ‘तरकारीलगायत खाद्य वस्तुमा विषादी प्रयोग गरिएको अवधि पुरा भएपछि मात्र बाहिर ल्याउनुपर्छ’प्रजिअ शर्माले भनिन्,‘पैसाको लोभमा जनस्वास्थ्य र उपभोक्ताको ख्याल नगरि विषादी प्रयोग गर्ने बित्तिकै बिक्री गर्नु हुदैन ।’ विषादी प्रयोग गर्न परे यसका विधि, समय अवधि पर्खेर र प्राविधिक सिफारिस अनुसार प्रयोग गर्दा सावधानी अपनाउन प्रजिअ शर्माले आग्रह गरिन् ।
विषादी प्रयोग गरि फलाएको तरकारी बजारबाट किनेर ल्याउँदा स्वाँदिलो नभएको नेपाल पत्रकार महासंघ जिल्ला शाखा बर्दियाका अध्यक्ष निर्मल घिमिरेले बताए । ‘यो लापरवाहीले आम उपभोक्ता मर्कामा छन्,’उनले भने,‘उपभोक्ताको स्वास्थ्य र खर्च दुवै खेर भईरहेको छ ।’ यस विषयमा सम्बन्धित निकायले चासो देखाउन अध्यक्ष घिमिरेले धारणा राखे ।
स्वास्थ्य कार्यालयका प्रमुख नारायण प्रसाद चौधरीको अध्यक्षतामा अन्तरक्रिया सम्पन्न भएको छ । नेपालमा विषादीको खपतको अवस्था बढिरहेको प्रमुख चौधरीले बताए । ‘एक जनाको स्वास्थ्यमा असर पर्यो भने अस्पताल, डाक्टर र औषधीले कभर गर्न सक्छ,’उनले भने,‘तर,पुरै समुदायलाई असर पर्न थाल्यो भने,जनस्वास्थ्यको कन्सेप्टले हेर्छौ ।’ अहिले विषादी सबैको साँझा समस्याको रुपमा देखिएको छ । पहिला एक जनाले विषादी प्रयोग गर्दा थोरैलाई क्यान्सर, किड्नी र थाईराइडको समस्या हुन्थ्यो तर, अहिले बिस्तारै त्यो संख्या ठुलो रुप लिन थालेको प्रमुख चौधरीले जनाएका थिए ।
अन्तरक्रियामा मानव स्वस्थ्य र विषादीको अवस्थाबारेमा एकिकृत कृषि तथा पशुपंक्षि विकास कार्यालयका प्रमुख सागर ढकालले प्रस्तुतिकरण गरेका थिए ।