अलपत्र काठमाडौँ भ्युटावर
बुधबार, चैत २६, २०८१ मा प्रकाशित

काठमाडौँ, चैत २७ / काठमाडौँ महानगरपालिका-२८ पुरानो बसपार्कमा १३ तलासम्म निर्माण भइसकेको काठमाडौँ भ्यु-टावर  निर्माण कार्य अलपत्र अवस्थामा रहेको छ । 

 

मेयर बालेन शाहले काठमाडौँ टावर निर्माणमा भ्रष्टाचार भएको आरोप लगाउँदै सरकारको समेत संलग्नता रहेको आशङ्का व्यक्त गरेर काठमाडौँ भ्यु-टावर भत्काउने तयारी गरिएको पनि चर्चा छ । तर काठमाडौँ महानगरले भत्काउने विषयमा अहिलेसम्म औपचारिक निर्णय भने गरिसकेको छैन ।

 

वि.सं २०७१ मा महानगरपालिकासँग सार्वजनिक–निजी साझेदारीको सम्झौताअनुसार ०७५ फागुनभित्र कम्पनीले भ्यु टावरको निर्माण सम्पन्न गर्नुपर्ने थियो । तर १० वर्ष बितिसक्दा पनि निर्माण कार्य भने सकिएको छैन । भ्यू टावरको १२ औँ तलाको काम सम्पन्न गरेर बसेको ठेकेदार कम्पनी जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स प्रालि बाँकी तला थप गरेर सञ्चालनमा ल्याउने योजना बन्दा भवनलाई अलपत्र अवस्थामा छाडिएको हो ।

रातोपाटीबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर