बर्दियामा चितुवाको आक्रमणबाट ६५ वर्षिय पुरुष घाईते
बिहिबार, चैत २७, २०८१ मा प्रकाशित

बर्दिया,चैत २८(फरकसमाचार) / चितुवाको आक्रमणबाट गुलरिया नगरपालिका–४ ईन्द्रेणी टोलका ६५ वर्षीय बिकुलाल थारु घाईते भएका छन् ।

बुधबार दिउँसो आफ्नै बारीमा गहुँ काटिरहेको अवस्थामा थारुलाई चितुवाले एक्कासी आक्रमण गरेको हो ।

घाईते थारुको बर्दिया अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । दायाँ हात र बायाँ कानमा चोट लागेको जिल्ला प्रहरी कार्यालयका डिएसपी ऋषिराम घर्ती मगरले जानकारी दिए । डिएसपी मगरका अनुसार घाईते थारुको अवस्था सामान्य रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय