बर्दिया,चैत २८(फरकसमाचार) / अस्पतालको ओसिएमसीबाट १ सय १८ जना लाभान्वित भएका छन् । चालु आर्थिक वर्षको साउन देखि फागुनसम्म १ सय १८ जना लाभान्वित भएका हुन् । अस्पतालद्वारा संचालित एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसिएमसी)ले लैङ्गिक हिंसामा परेका पिडितलाई निःशुल्क रुपमा स्वास्थ्योपचार, मानसिक एवंम् मनोसामाजिक परामर्श, कानुनी उपचार, सुरक्षा, आश्रय र पुनस्र्थापनाको सेवा तथा हिंसा नियन्त्रणमा योगदान पु¥याउने उदेश्यले प्रभावकारी काम गर्दै आएको छ ।
चालु आर्थिक वर्षको पहिलो चौमासिकमा ६८ र दोस्रो चौमासिकमा ५० जना पिडितले ओसिएमसिमा सेवा लिएको बर्दिया अस्पताल ओसिएमसिकी सम्पर्क व्यक्ति सपना बाठा मगरले बताईन् । ‘पहिलो चौमासिकमा ६५ महिला र ३ पुरुष लैङ्कि हिंसामा परेर आएका थिए,’उनले भनिन्,‘दोस्रो चौमासिकमा ४९ महिला र १ पुरुषले ओसिएमसीमा सेवा लिएका छन् ।’
आठ महिनामा ७८ जना पिडितहरु आफै ओसिएमसिमा आएर सेवा लिएको तथ्यांक छ । त्यसैगरि प्रहरीमार्फत ३२, गैरसरकारी संस्थाबाट ५, हेल्थपोष्टबाट २ र सेवा केन्द्रबाट १ जना पिडित सेवा लिन आएको ओसिएमसीको रेकर्डले पुष्टि गर्छ । बलात्कारका केस २३, शारीरिक आक्रमण २२, यौन दुव्र्यवहार १३, बालविवाह ५१ र मानसिक आक्रमण ८ र बाँच्न पाउने अधिकार हनन्को १ केस आएको जनाईएको छ ।
लैङ्गिक हिंसामा परेर आएका पिडितलाई ओसिएमसीबाट धेरै भन्दा धेरै सेवा दिन प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताईन् । ‘अस्ति बेवारिसे बच्चालाई ओसिएमसीले लामो समय राखेर हेरचाह गरेको छ,’प्रजिअ शर्माले भनिन्,‘ओसिएमसीमा सबैको पहुँच गराउन हामी सरोकारवाला निकायले सचेतना फैलाउन सहयोग र समन्वय गर्नुपर्छ ।’
बुधबार आयोजित ओसिएमसीको दोस्रो चौमासिक समिक्षामा प्रजिअ रुद्रादेवी शर्मा, प्रहरी उपरीक्षक केदार खनाल, जिल्ला न्यायाधिवक्ता कर्ण बहादुर बुढाक्षेत्री, अस्पतालका बरिष्ठ मेसु डा.सुभाष पाण्डेय, स्वास्थ्य कार्यालय प्रमुख नारायण प्रसाद चौधरी, जिल्ला समन्वय अधिकारी ईश्वरी तिवारी, बारएशोसिएसनका अध्यक्ष खडानन्द तिवारी, डाक्टर आरिफ हास्मीलगायतको उपस्थिती रहेको थियो ।