खोखो लिगमा नेचर नेष्ट टाइगर विजयी
शुक्रबार, चैत २८, २०८१ मा प्रकाशित

बर्दिया,चैत २९(फरकसमाचार)/ नेपालमा पहिलो पटक ठाकुरबाबा नगरपालिका–२ रानीपुर स्थित कभर्ड हलमा भएको खोखो लिगमा नेचर नेष्ट टाइगर विजयी भएको छ ।

बिहीबार भएको फाइनल खेलमा ४ अंकले नेचर नेष्ट टाइगरले विकास प्रेमी ब्ल्याक बकलाई पराजित गरेको हो । विकास प्रेमी ब्ल्याक बकले ४२ अंक ल्याउन सफल भएको थियो भने नेचल नेष्ट टाइगरले ४६ अंक ल्याई विजयी भएको जनाईएको छ ।

प्रथम हुने नेचर नेष्ट टाइगर टिमलाई नगद रु २ लाख ५० र ट्रफीले पुरस्कृत गरिएको नेपाल खोखो संघका केन्द्रिय बरिष्ठ उपाध्यक्ष छत्र बहादुर शाहीले बताए । द्वितिय विकास प्रेमी ब्ल्याक बललाई नगद रु १ लाख ५० हजार र तृतिय हुने कञ्चन गैडहवा रोयल्सलाई रु १ लाख पुरस्कार उपलब्ध गराईएको उपाध्यक्ष शाहीले जानकारी दिए ।

खेलकुद परिषद् लुम्बिनी प्रदेशको प्रवद्र्धन, ठाकुरबाबा नगरपालिकाको मुख्य प्रवद्र्धन, लुम्बिनी प्रदेश खोखो संघको व्यवस्थापक र नेपाल खोखो संघको आयोजनामा खोखो लिग आयोजना भएको थियो । जसमा डेली कन्स्ट्रक्सन राइनोज, नेचर नेष्ट टाइगर, सुदुरपश्चिम किङ्स, विकास प्रेमी ब्ल्याक बक र कञ्चन गैडहवा रोयल्स गरि पा“च टिमले सहभागिता जनाएका थिए । गत आइतबार देखि लिग संचालन थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर