बर्दिया,चैत ३१(फरकसमाचार)/ लागु औषधसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बढैयाताल गाउँपालिका–७ कर्णालिपुर स्थितबाट बिहीबार साँझ बाँके कोहलपुर नगरपालिका–४ बिकासनगरका २२ वर्षिय रामु खड्कालाई नियन्त्रणमा लिई शुक्रबार साँझ प्रहरीले प्रेस विज्ञप्तीमार्फत सार्वजनिक गरेको हो ।
खड्का भारतबाट नेपालतर्फ शंकास्पद रुपमा आईरहेको बेला नियन्त्रणमा लिई चेकजाँज गर्दा लागु औषध ब्राउन सुगर फेला परेको प्रहरीको दावी छ । खड्काले लगाएको ज्याकेटमा लुकाई छिपाई राखेको २ पुरिया १ ग्राम २ सय ९० मिलीग्राम लागु औषध ब्राउन सुगर फेला परेको प्रहरीले जारी विज्ञप्तीमा उल्लेख गरेको छ ।
खड्कालाई नियन्त्रणमा लिई जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी एवंम् प्रहरी नायव उपरीक्षक ऋषिराम घर्ती मगरले जानकारी दिए ।