बर्दिया,बैशाख १
नेपाली काग्रेसका केन्द्रिय सदस्य तथा निर्वाचन क्षेत्र १ का संघिय माननिय संजय गौतमले सदरमुकाम गुलरिया सोमबार देखि पाटीको सचिवालय संचालनमा ल्याएका छन् ।मानिनिय गौतमले निर्वाचनमा सक्रिय सचिवालयलाई पुनः जिवित पारेको कार्यकर्ताको भनाई छ ।
चुनावको बेला सचिवालय खोल्ने चलन छ , तर पाटी कार्यालय हुदाहुदै अहिलेको खोलिएको सचिवालयले काग्रेसमा दुई गुटको मतभेद चुलिदै गएको देखिन्छ । माननिय गौतमले गुलरिया ५ स्थित आफ्नै निजि निवास गुलरियामा खुलेको सचिवालय मार्फत आम नागरिकको समस्यासँग प्रत्यक्ष रुपमा सहकार्य गर्न सहज हुने सचिवालयको भनाई छ ।
नेपाली काग्रेसको पाटी कार्यालय रहेपनि माननिय गौतमलेले आफ्नो सचिवालय स्थापना गरेका हुन ।बर्दिया निर्वाचनमा क्षेत्रनं १ वाट सांसद गौतमले दुई पटक चुनाव जितिसकेका छन् ।
लोकप्रिय मानिएका गौतमले प्रत्यक्ष रुपमा जनतालाई सेवा दिन,विकास र अनुगमन अपरिहार्य ठानेर सचिवालय संचालनमा ल्याइएको छ । उनका अनुसार अब देखि कार्यकर्ता भेटघाट,समस्या सुनुवाई र विकासका लागि हुने अनुगमन सचिवालय मार्फत गरिने छ ।‘सचिवालय खोल्न अतिआवश्यक देखिएकाले खोलिएको हो,अन्यथा केहि होईन,’उनले भने ।
प्रत्यक्ष रुपमा सचिवालय नागरिक समस्या सुन्ने थलो बन्ने काग्रेसका यूवा नेता विरु चौधरीले बताए ।
‘माननियले प्रत्यक्ष रुपमा जनताका समस्या सून्ने बाटो खोल्नु भएको हो,’उनले भने,‘यो कुनै हाउ गुजी होईन,जसले जे जे भने पनि जनताको नजिक पुग्न सचिवालय मार्फत सजिलो हुन्छ ।’
उनका अनुसार प्रत्यक्ष रुपमा जनताको समस्या सुन्ने माध्यम बनाएकोमा कार्यकर्ता खुसी छन् ।
सचिवालय मार्फत माननियले जनतालाई सेवा दिने भएकाले यसलाई सकारात्मक रुपमा लिनु पर्ने नेता चौधरीको भनाई छ ।