बर्दिया निकुञ्जमा वन्यजन्तु सप्ताह सुरु
मङ्गलबार, बैशाख ०२, २०८२ मा प्रकाशित

बर्दिया,बैशाख १ / बर्दिया राष्ट्रिय निकुञ्जले वन्यजन्तु सप्ताह कार्यक्रम औपचारिक रुपमा सोमबार देखि सुरु गरेको छ। साता दिनसम्म विविध कार्यक्रम आयोजना गर्ने गरी सप्ताह व्यापी कार्यक्रमको खाका अनुसार गतिविधि गर्ने निकुञ्जले जनाएको छ। सप्ताहको सुरु दिनमा पुराना झन्डा फेर्ने र नयाँ वर्षको शुभकामना आदान प्रदान गरी कार्यक्रमको आयोजना गरेर औपचारिक रुपमा समुद्घाटन गरिएको छ।

ठाकुरबाबा नगरपालिका-९ स्थित हात्तीसारको मैदानमा मंगलबार बिहान हात्ती पूजा निकुञ्ज अगुवाइमा हुने भएको छ। परम्परागत रुपमा हात्तीले कुल्चेर सुँगुर मारेर गरिने कार्यक्रमलाई विस्थापित गर्दे निकुञ्जले हात्तीलाई पूजा गरेर कार्यक्रम गर्ने भएको हो।

हात्ती पूजन कार्यक्रममा थारु समुदायका गुरुवा (पुजारी) ले हात्तीलाई धार्मिक परम्परा अनुसार पूजा गर्ने चोरी शिकारी युवा परिचालनका अध्यक्ष हेमन्त आचार्यले बताए। ‘२०७१ साल देखि महोत्सवको रुपमा मनाइने हात्ती पूजालाई नयाँ शैलीमा गरिँदै छ,’ उनले भने, ‘कहिले हात्तीलाई फुटबल खेलाएर गरायौं, अहिले हात्तीबाट प्रत्यक्ष रुपमा प्रभावित थारु समुदायका गुरुवाको सहभागितामा हात्ती पूजा आयोजना गरिएको छ।’ उनका अनुसार हात्ती पूजा रोमाञ्चक र शिक्षा प्रदक हुने छ।

मानव र वन्यजन्तुको सहअस्तित्वका लागि एक साता विविध कार्यक्रम मनाउने निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोक रामले बताए।साताभरी समुदाय, निकुञ्ज कर्मचारी, नेपाली सेना, संरक्षणकर्मी र स्थानीय तहको समन्वय र सहकार्यमा भव्य र सव्य रुपमा सप्ताहाव्यापी कार्यक्रम संचालन हुने अशोक रामले जानकारी दिए।

तेस्रो दिन राजमार्ग सरसफाइ फोहोर जन्य वस्तुको व्यवस्थापन गर्ने कार्यक्रम छ। यस्तै, गरी, सडक दुर्घटना सचेतना, पन्चे अवलोकन, वर्ड वाचिङ, डढेलो नियन्त्रणका लागि फोर लाइन निर्माण लगायतका काममा समुदायको, पर्यटन व्यवसायी, सङ्घसंस्थाको प्रत्यक्ष सहभागिता रहने प्रमुख अशोक राम बत्ताउँछन्।स्रोत नागरिकन्युज

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय