१ करोड लागतमा निर्माण हुने कभर्डहलको शिलान्यास
मङ्गलबार, बैशाख ०२, २०८२ मा प्रकाशित

ज्ञानेन्द्र पोखरेल

बर्दिया,बैशाख २/ १ करोड लागतमा निर्माण हुने कभर्र्डहलको शिलान्यास भएको छ । बढैयाताल गाउँपालिका–६ खल्लागाउँ खेल मैदानमा सोमबार कभर्डहलको शिलान्यास भएको हो । संघिय सरकारको चालु आर्थिक वर्ष २०८१/०८२ को पूर्वाधार बिकास कार्यक्रम अन्तरगत क्षेत्र बिकाशको बजेटबाट निर्माण हुने कभर्डहलको शिलान्यास भएको छ ।

बर्दिया संघिय निर्वाचन क्षेत्र न १ का सांसद सन्जय गौतम, लुम्बिनी प्रदेश सभा सदस्य भुबनेस्बर चौधरी र बढैयाताल गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठीले संयुक्त रूपमा कभर्डहलको शिलान्यास गरेका छन् ।

कभर्डहल निर्माण कार्यको बिनियोजित रकम रु १ करोड भएता पनि टेन्डर घटि घटाउ हुँदा चक्र आरति कन्ट्रक्सन एन्ड सप्लायर्स काठमाडौंले रु ८० लाखमा बोलकबोल सकार गरि निर्माण कार्य सुरुवात गरेको छ । कभर्डहलको निर्माण कार्य सम्पन्न गर्नुपर्ने अवधि २०८२ अषाढ २० गते रहेको छ ।

निर्धारित अवधिमा तोकिएको काम सम्पन्न गर्ने निर्माण व्यवसायी चक्र वमले बताए ।

‘स्वस्थ जिवनका लागि खेलकुद’ भन्ने नाराका साथ युवाहरूलाई खेलकुद प्रति आकर्षण बढोस् भन्ने हेतुले यस मैनापोखर क्षेत्रलाई छनौट गरि खेलमैदानसंगै कभर्डहल समेत निर्माणको लागि बजेट विनियोजित गरिएको संघिय सांसद गौतमले बताए ।

यस कभर्डहलको सम्पुर्ण निर्माण कार्यको लागि बजेट अपुग भएमा आउदो बर्षमासमेत बजेट थप गर्ने प्रतिबद्धता जनाउँदै खेलकुदको माध्यमबाट ठाउँ र देशको पहिचान हुने भएकोले खेलाडी उत्पादनमा सरकारको लगानी हुनुपर्ने लुम्बिनी प्रदेश सभाका सदस्य भुबनेश्वर चौधरीले जोड दिएका थिए ।

कभर्डहल शिलान्यास कार्यक्रममा बढैयाताल गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठी,वडा नं.६ का अध्यक्ष शुक्रराज सापकोटा, वडाका सदस्यहरू, शारदा बहुमुखि क्याम्पसका अध्यक्ष प्रेम राज त्रिपाठीलगायतको उपस्थिती रहेको थियोे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय