बर्दिया,बैशाख ४(फरकसमाचार) / लागु औषधसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बढैयाताल गाउँपालिका–१ सानो डाँफे स्थित ४५ नंम्बर पिल्लर नजिकबाट प्रहरीले सोमबार एक जनालाई लागु औषधसहित पक्राउ गरि बुधबार सार्वजनिक गरेको हो । बढैयाताल गाउँपालिका–१ शान्तिपुरका २२ वर्षिय पुर्ण बहादुर सिंह ठकुरीलाई पक्राउ गरेको छ ।
ठकुरी भारतीय बलैगाउँबाट नेपालतर्फ शंकास्पद रुपमा आउँदै गरेको अवस्थामा नियन्त्रणमा जनाएको छ । चेकजाँच गर्दा प्लाष्टिक पुरियामा लुकाई छिपाई राखेको अवस्थामा ९ सय ८० मिलीग्राम लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरो रंगको गिलो पदार्थ र लागु औषधका पाँच पत्ता ३३ क्याप्सुल ठकुरीको साथबाट फेला परेको प्रहरीको दावी छ ।
ठकुरीलाई नियन्त्रणमा लिई अदालतबाट पाँच दिनको म्याद लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भुपेन्द्र शाहीले जानकारी दिए ।