बर्दिया,बैशाख ९(फरकसमाचार)/ गुलरिया नगरपालिकाको न्यायिक समितिका गतिबिधिमा जिल्ला भरीका पत्रकार उपस्थितिमा एक दिने अन्तरक्रिया कार्यक्रम गरिएको छ । न्यायिक समितिले बिगत देखि गरेका गतिबिधिको बारेमा जिल्लाका पत्रकारसँग अन्तरक्रिया गरेको हो । न्यायिक समितिले गरिरहेको न्याय सम्पादन सत प्रतिसत बिगत देखि गर्दे आएको रेर्कडमा देखिएको छ ।
कार्यक्रममा न्यायिक समितिको बारेमा नगरपालिका अधिकृत कपिल घिमिरेले बिगत देखि अहिले सम्म समितिले सम्पन्न गरेका न्याय सम्पादनका बिषयमा प्रस्तुत गरेका थिए । यस्तै कार्यक्रममा बित्तिय अनुशासन र विकास निर्माण भएका पूजिगत खर्च र चालु खर्चका बारेमा लेखा प्रमुख रुपसिंह खत्रीको प्रस्तुति करण रहेको थियो ।
पत्रकारसँग आयोजना गरिएको अन्तरक्रिय कार्यक्रममा नयाँ बिषयले प्रबेश पाएको थियो । डढेलो नियन्त्रण नहुदा आम नागरिकको धन जनको क्षति बढिरहेकाले न्यायिक समितिले डढेलोमा नियन्त्रण अभियानलाई सक्रिय रुपमा अघि बढाएको कार्यक्रमको प्रस्तुति करणमा राखिएको थियो ।
कार्यक्रमको अध्यक्षता ग्रहण गुलरिया नगरपालिका नगर प्रमुख साबित्रा गौतम, प्रमुख अतिथि नगर प्रमुख मुक्तिनाथ यादव, प्रमुख प्रसाकिय अधिकृत ओमकार शाह र बरिष्ठ अधिकृत मुकुन्द अर्याल र नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मल घिमिरेको कार्यक्रममा सहभागिता रहेको थियो । नगर प्रमुख यादवले न्यायिक समितिको कार्यसम्पादन सन्तोषजनक रहेको बताएका छन् ।
पत्रकारसँगको समन्वय र सहकार्यले नगरविकासमा बिभिन्न किसिमको टेवा पुगिरहेकोले पत्रकारहरको सुझाब र सल्लाहा अझै अपरिहार्यको बताए । न्यायिक समितिले कर्तव्य भित्र पर्ने कामलाई निष्पक्ष ढंगलले हल गर्दे अघि बढेको उपप्रमुख गौतमले बताईन । सबैको सहयोग साथले अmभै सुदृढ भएर नागरिक वा नगरबासीलाई सवाल काम गर्ने उर्जा थपिएको उप प्रमुख गौतमको भनाई थियो ।