नदीमा नुहाउन गएका २० वर्षीय युवक बेपत्ता
बिहिबार, बैशाख ११, २०८२ मा प्रकाशित

बर्दिया,बैशाख ११ / साथीहरूसँग बबई नदीमा नुहाउन गएका एक युवक बेपत्ता भएका छन्। गुलरिया नगरपालिका–६ का २० वर्षीय सिर्जन पोखरेल बुधबार बबई नदीमा बेपत्ता भएका हुन्।

गुलरिया नगरपालिका–५ स्थित बबई नदीमा साथीहरूसँग नुहाउन गएको बेला बुधबार साँझ साढे ५ बजे युवक बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भुपेन्द्र शाहीले बताए।

‘नुहाउन गएका सात जना मध्ये एक जना युवक बेपत्ता भएका छन्,’ उनले भने, ‘बेपत्ता युवकको सशस्त्र प्रहरीको गोताखोर टोलीद्वारा खोजी कार्य जारी छ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय