बिहिबार, बैशाख ११, २०८२
मा प्रकाशित
1443
Shares
बर्दिया,बैशाख ११ / अबैध मोबाइलसहित दुई जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । नेपालगंज गुलरिया सडकखण्ड गुलरिया नगरपालिका–८ भादा पुल नजिकबाट मोबाइलसहित दुई जनालाई सशस्त्र प्रहरीले मंगलबार पक्राउ गरेको हो ।
बागमती प्रदेश ०१०३० च ०३६९ को हाईलक्स पिकअफ गाडीलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा रेलमी मोबाइल ४३ थान र इयरफोन ७ सय ८० थान बरामद भएको सशस्त्र प्रहरी बल नेपाल नंम्बर ३१ गणका गणपति मान बहादुर शाहीले बताए ।
मोबाइल,इयरफोन गाडीसहित दैलेख घर भई नेपालगंज बस्ने महेन्द्र थापा र नबिन थापालाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय कोहलपुरमा बुझाएको गणपति शाहीले जानकारी दिए ।