भावुक योगी
बर्दिया, बैशाख १४ / मधुवन नगरपालिका– १ पथ्थरबोझी गाउँको सरस्वती आधारभुत विद्यालयमा आमा बुवा नभएका तथा अनाथ बालबालिकालाई नगरपालिकाले आवासीय सुविधा दिएर पढाइरहेको छ । कसैको आमाको स्वर्गबास,बुवाको अत्तोपत्तो छैन, बुवाको स्वर्गबास आमाको अर्को ठाउँमा बिहेबारी, छोराछारीको बिचल्ली अनि के गर्ने तीँ छोराछोरी, कहाँ राख्ने, कस्ले राख्ने, कस्ले पढाउने, कस्ले खुवाउने, पहिले निक्कै ठुलो चिन्ताको विषय हुन्थ्यो । तर, अब त्यस्तो छैन, अहिले उनिहरुलाई मधुवन नगरपालिकाले आवासिय व्यस्थापन गरेको छ ।
विद्यालयमा रहेका २५ जना छात्र र ८ जना छात्रा गरि ३३ जना अनाथ बालबालिकाको हरेक वर्षको नयाँ वर्ष खल्लो हुने गरेकोमा यस पटक भने आफ्नो जन्मदिनको अवसर पारेर लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्रि जन्मजय तिमिल्सिनासहितको टोलीले विद्यालयमै पुगेर नयाँ पोशाक, चप्पल र खसीसहित खाद्यान्न लिएर अनाथ बालबालिकालाई नयाँ पोशाक वितरण र मासुसहित खाना पकाएरै भोज खुवाएपछि विद्यार्थीहरु दंग भएका छन् ।
यस अघिका नयाँ वर्ष खल्लो हुने गरेकोमा यस पटक भने बर्दियाको मधुवन नगरपालिका –१ पथ्थरबोझी गाउँको सरस्वती आधारभुत विद्यालयमा शुक्रबार रहेका २८ जना अनाथ विद्यार्थीहरु खुसी भए । खुसी हुनुको कारण थियो नयाँ वर्षको सुरुवातमै कसैको जन्मदिनको अवसरमा आफुहरुले नयाँ पोशाक र चप्पल पाउनु संगै मासुसहितको भोज खान पाउनु । शुक्रबार उनिहरुकै विद्यालयमा पोशाक, चप्पल वितरण र खसीसहितको भोज आयोजना भएको हो ।
विद्यालयमा रहेका ३३ जना विद्यार्थीहरु मध्ये कसैका आमाबुबाको मृत्यु भइसकेको छ भने कसैका बुबाआमाको अत्तोपत्तो छैन । त्यस्ता अलपत्र परेका अनाथ बालबालिकालाई मधुवन नगरपालिकाले रेखदेख गरिरहेको पथ्थरबोझी गाउँको सरस्वती आधारभुत विद्यालयका प्रधानाध्यापक घनराज खत्रीले बताए ।
पथ्थरबोझी गाउँ हात्ती प्रभावित क्षेत्र पनि भएकाले र स्थानीय सरकारले व्यवस्थापन गरेर आवासिय रुपमा राखेर अनाथ बालबालिकाहरु अध्ययन गरिरहेको विद्यालयमा आफ्नो जन्मदिनको अवसर पारेर नयाँ पोशाक, चप्पल र भोजका लागि लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्रि जन्मजय तिमिल्सिना पुगेर विद्यालयमा रहेका २८ जनालाई पोशाक र चप्पल वितरण गरेर उनिहरुसंग आफुले पनि खाना खाए ।
आफ्ना बाबुआमाले जसरी माया गरेर खानपिन गराएकोमा केही विद्यार्थी भावुक पनि बने । बालबालिकालाई खुसी बनाउन, हाम्रा पनि अभिभावक छन् भन्ने विश्वास दिलाउन आफ्नो जन्मदिनको अवसर पारेर उनिहरुलाई कपडा वितरण गरेको र भोज खुवाएको बताउँदै विद्यालयमा अध्ययनरत अनाथ बालबालिकालाई सबै व्यक्ति तथा संघ संस्थाले सक्दो सहयोग गर्नुपर्ने लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्रि जन्मजय मन्त्रि तिमिल्सेनाले बताए ।
मधुवन नगरपालिका वडा नम्बर १ पथ्थरबोझी गाउँको सरस्वती आधारभुत विद्यालय छ जहाँ आमाबुवा नभएका तथा अनाथ बालबालिकालाई आवाशिय व्यवस्था गरि पठनपाठन भईरहेको छ । लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्रि जन्मजय तिमिल्सिनाले आफ्नो जन्मदिनको अवसरमा कपडा वितरण र मासुभात खुवाएकोमा प्रशंसा गर्दै सहभागीले धन्यवाद दिएका छन् ।
वन र वन्यजन्तुको संरक्षणमा जुटेका विभिन्न निकायका व्यक्तिहरुले बेलाबेला अनाथ बालबालिकाको संरक्षणमा गरेको कामले धेरै प्रशंसा पाएको छ । सबैको साथ र सहयोग पाएमा अनाथ बालबालिकाले पनि अभिभावक भएको महशुस गर्न सक्छन् । उनीहरुको पढाई र भविष्यप्रति वडा नगरपालिकाले बजेट छुट्याएर काम गरिरहेको मधुवन नगरपालिकाका नम्बर १ का वडा अध्यक्ष मिन बहादुर थापाले बताए ।
दुई वर्ष अघि दशैँका अवसरमा पनि बर्दिया निकुञ्जमा रहेको नेपाली सेनाका गणपति हिमालय थापाले पनि अनाथ बालबालिकालाई भोज आयोजना गरेका थिए । कोही नभएकालाई यस्ता किसिमले सहयोग गर्नु संरक्षण र पर्यटनको वृत्ती विकास हो, अब हामीले जन्मदिन लगायतका पार्टीमा फजुल खर्ज गर्नुभन्दा यस्ता सामाजिक कार्य मानविय सेवामा खर्च गर्नेमा मन जानुपर्ने पर्यटन व्यवसायी गैँडा क्याम्पका संचालक रामजिबाबु थापाको भनाइ छ ।