आमाले त सबैको ठाउँ भर्न सक्छिन्, तर एउटी आमाको अभाव कहिल्यै कोही भरिदिन सक्दैन । आज माता तिर्थ औँसी, आमाको मुख हेर्ने पवित्र दिन, मेरो लागि आमा — सम्झनामा सजिएको एउटी देवी, ३१ वर्ष बिते, तर म अझै तिम्रो मायामा बाँचिरहेकी छु आमा, तिमी बिना संसार अधुरो छ, तर तिमीले दिएको माया अमर छ, आमा नभएकाले, आमाको माया कति अमूल्य हुन्छ भन्ने अझ गहिरो महसुस गरेँ आज जसका आमा साथमा छन्, उनीहरूको लागि मेरो सन्देश आमालाई नत केवल आज, हिजो, आज र सधैं माया गर्नुहोस, कहिले पछि नपछुताउनुहोस् ।
हामी जस्तै टुहुरा लागि,आजको दिन घाउ झन् गहिरिन्छ, सबैले आमाको काखमा टाउको राखेर हाँस्दा, हामी खाली आकाश हेरेर आमालाई सम्झन्छौं ।
आमा नभएको संसार सानो खुसीमा पनि अधुरो हुन्छ,ठूलो सफलतामा पनि एक किसिमको खालि–पन हुन्छ । तर आमा तिमी नभए पनि, तिमीले देखाएको बाटोमा हिँड्ने आँट हामीसँग छ ।
हामी तिम्रै मायामा बाँचेका छौं,आफ्नो आमालाई अँगालो हाल्न सक्नेहरू भाग्यशाली छन्, र हामी जस्ता टुहुराहरूका लागि आमाको याद नै जीवनको बल हो ।
आज, मेरी प्रिय आमाको सम्झनामा,सबै आमाहरूप्रति सम्मान र माया प्रकट गर्दै, माता तिर्थ औँसीको शुभकामना व्यक्त गर्दछु । आमाको मायाले सारा संसार उज्यालो बनोस् ।