फेरी चितुवाको आक्रमणबाट गुलरियामा नौ बर्सिय बालिकाको मृत्यु
सोमबार, बैशाख १५, २०८२ मा प्रकाशित

बर्दिया, बैशाख १५ / चितुवाको आक्रमणबाट ९ बर्सिय बालिकाको गुलरियामा सोमबार बिहान मृत्यु भएको छ । गुलरिया नगरपालिका स्थित वडानं ६ र ८ को सीमानामा पर्ने मंतगा सामुदायिक वनमा आपन्तसँग दाउरा बटुल्न चितुवाले आक्रमण गरेको थियो । ति बालिका गेरुवा गाउँपालिका –६ कि रहेको खुलेको छ ।

मृतक खड्का गुलरिया आफन्तको ब्रन्तबन्धको निम्ता मान्न र आमा नभएकि खड्का घरसल्लाह बमोजिम पढन गुलरिया आएको बुझिएको छ । घटनास्थल गुलरिया नगरपालिका डम्पिङ साईड नजिक पर्ने भएकाले फोहोर फाल्न पुगेका सरसफाईकर्मीले बालिकाको उद्धार गरेका थिए । चितुवाको आक्रमणबाट बालिकाको मृत्यु भईसकेको एसपि केदार खनालले जानकारी दिए ।

जिल्लाकोे गुलरिया र मुधवनमा ९ बर्सिय खड्का र अढाई बर्सिय बालक गरी दुई जनाको चितुवाको आक्रमणबाट मृत्यु भईसकेको छ भने गुलरिया बालापुर गाउँका दश बर्सिय सृजन चौधरी चितुवाको आक्रमणबाट घाईत भएपछि उपचारको क्रममा छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय